Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामको मुजाबगरमा रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब हुने

अछामको मुजाबगरमा  रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब  हुने

अछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि रामारोशन महोत्सव–२०८२ आयोजना हुने भएको छ।रामारोशन महोत्सव–२०८२ यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा आयोजना हुन लागेको आयोजकले जनाएका छन् । महोत्सवमा रामारोशन गाउँपालिका सहित नेपाल पर्यटन बोर्ड, विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोग रहने आयोजकले बताएका छन् ।

आयारामारोशन महोत्सव–२०८२ आयोजक समितिका संयोजक जनक साउँदले बताए अनुसार महोत्सवको मुख्य उद्देश्य रामारोशन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्‍याउने रहेको छ ।

संयोजक साउँदका अनुसार रामारोशन महोत्सवले प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामारोशन क्षेत्रलाई देश–विदेशसम्म चिनाउन मद्दत गर्नेछ, । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला तथा संस्कृति प्रदर्शनी, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी, र पर्यटकीय पदयात्रा जस्ता कार्यक्रमहरू समावेश गरिने संयोजक साउँदले बताए ।


महोत्सवबाट संकलित रकम जयगढ र साँफेबगरमा भएको आगलागीबाट प्रभावित पीडितहरूको पुनर्स्थापना र सहयोगका लागि खर्च गरिने आयोजकहरुले बताएका छन् । पर्यटन प्रवद्र्धनसँगै मानविय सेवाको भावनालाई पनि समेट्ने गरी महोत्सब आयोजना गर्न लागेको संयोजक साउँदको भनाई रहेको छ ।

रामारोशन क्षेत्रमा रहेका १२ बण्ड र १८ खण्डले पर्यटकहरूलाई लोभ्याउने गरेको छ । पछिल्लो समय रामारोशन पर्यटकको अधिकतम रोजाईको क्षेत्रका रूपमा विकास हुँदै गइरहेको छ ।
रामारोशन महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, परम्परागत झाँकी प्रदर्शन, रमाइला प्रतियोगिताहरू संगै स्थानीय परिकारहरूको स्टलहरू पनि रहने आयोजकले जानकारी दिएको छ । त्यसका साथै महोत्सव अवधि भरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि विशेष तयारी गरिएको र सुरक्षाको प्रबन्ध पनि मिलाइएको आयोजकले बताए ।

प्रतिक्रिया