Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु

विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु

अछामको साँफेबगर नगरपालिकामा विपद जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता विकास तालिम सुरु भएको छ । वर्ल्ड भिजनको सहयोग, साँफेबगर नगरपालिकाको समन्वय र वाक नेपालको आयोजनामा साँफेबगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि २ दिने तालिम आज र भोलि सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले, विपद रोक्न नसकिने तर पूर्व तयारी गरेर क्षति घटाउन सकिने भएकोले यसका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नगर प्रमुख कुँवरले सुरक्षित समुदायका लागि वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउन अहिलेको आवश्यकता रहेको र त्यसका लागि वडा समितिहरुलाई यो संयन्त्र सक्रिय बनाउनु आग्रह गर्नुभयो ।

त्यसैगरी नगर प्रमुख कुँवरले विपद सम्बन्धी धारणा परिवर्तन आवश्यक रहेको भन्दै भूकम्प र आगलागी मात्र विपद नभएर महामारी पनि विपद नै हो र यसप्रकारका जोखिमबाट समुदायलाई बचाउन संघीय नीति र कार्यक्रमलाई स्थानीयकरण कसरी गर्न सकिन्छ भन्ने तर्फ अब सबैको ध्यान जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख शिब बहादुर कुँवर शिलोजले, हिजोको सिकाई भोलिको सुरक्षाका लागि काम लाग्ने भएकोले हिजो भोगेका देखेका र व्यहारेका कुरालाई क्षमता विकासमा समेट्नु पर्ने बताउनुभयो । यहाँ सिक्न बाँकी रहेका विषय नगरले आफैँ पनि तालिममार्फत सूचना र जानकारी दिनेछ । क्षमता विकास गराउनेछ । उपप्रमुख कुँवरको भनाइ थियो ।


तालिममा विपद सम्बन्धी बुझाई, सरकारका नीति र प्राथमिकता, विपद सुशासन र यसको स्थानीय तहमा भएको अभ्यास, विपद व्यवस्थापन समितिको काम कर्तव्य, विपद कोष सञ्चालन, विपद लेखाजोखालगायतका विषय समेटिएका छन् ।

यस्तै आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रावधान, पूर्व चेतावनी प्रणाली, जलबायु उत्थानशील योजना, समावेशी विपद जोखिम न्युनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण, अन्तरपालिका सम्बन्ध, पूर्व तयारी र प्रतिकार्य योजना मानवीय सिद्धान्तहरु र मापदण्ड, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको सिकाई, खुल्ला क्षेत्रको पहिचान र संरक्षण, शिविर सञ्चालन र व्यवस्थापन तालिमका अन्य विषय हुन् । विपदको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र, स्थानीय तहमा जोखिम व्यवस्थापन कार्ययोजनालगायत विषयमा प्रस्तुति छलफल र समूहगत कार्य हुनेछ ।

आज पहिलो दिनको तालिममा उद्घाटन सत्रमा वाक नेपालको आई एन आर एल परियोजनाका कार्यक्रम संयोजक लक्ष्मी भक्त जोशिले सहजिकरण गर्नु भएको थियो भने उद्घाटन सत्र सकिए लगतै रुडेक नेपालका खेमराज भट्टाराईले  प्रशिक्षण दिईसकेपछी साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण नाथ योगिले तालिम चलाउनु भएको थियो । 

तालिममा नगर उपप्रमुख शिवबहादुर कुँवर, निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मणनाथ योगी, वडा नम्बर ३ का वडा अध्यक्ष कुलबहादुर कुँवर, वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा, वडा नम्बर १० का वडा अध्यक्ष ललित बोगटी, नगरपालिकाका विभिन्नशाखाका शाखा प्रमुख तथा प्रतिनिधि, सार्वजनिक संयोजक समितिका प्रतिनिधि, पुर्वाधार विकास समितिका प्रतिनिधि, एर्यपोटबजार व्यवस्थापन समिति अध्यक्ष राम बहादुर कुँवर, वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवर, उपाध्यक्ष अप्सरा कुँवर, पालिकास्तरिय विपद व्यवस्थापन समितिका सदस्य सहित २५ जनाको सहभागीता रहेको छ। 

प्रतिक्रिया