Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले २ लाख दिने

साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले  २ लाख दिने

अछामको साँफेबगर नगरपालिकामा हालै भएको आगलागीबाट पीडित बनेका परिवारलाई चौरपाटी गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष भिमबहादुर साउदका अनुसार गाउँकार्यपालिकाको बैठकले आगलागी पीडितलाई तत्काल राहतस्वरूप सहयोग गर्ने निर्णय गरेको हो ।

केही दिनअघि साँफेबगर नगरपालिका ३ हाटबजारस्थित प्रेम खड्काले सञ्चालन गरेको सुभेच्छा मम सेन्टरबाट बिजुलीको तार सट भई आगलागी भएको थियो ।सो आगलागीबाट १० वटा पसल जलरे नष्ट भएका थिए । प्रारम्भिक विवरण अनुसार ३ करोड ८६ लाख ६५ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।

साथै, दमकल खरिदका लागि अछाम क्षेत्र नं १ का विभिन्न पालिकासँग समन्वय गर्ने र आगामी आर्थिक वर्ष २०८२/०८३ मा बजेट व्यवस्था गर्ने योजना समेत रहेको अध्यक्ष साउदले बताए।‘आगलागीजस्ता विपद् व्यवस्थापनका लागि स्थायी समाधान आवश्यक भएकाले दमकल खरिदलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘यसका लागि विभिन्न पालिकासँग सहकार्य गरी बजेट व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ।’

 

प्रतिक्रिया