Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो

प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो

धनगढी रंगशालामा सञ्चालित प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१ को शुक्रवार सम्पन्न भएको छ । 

प्रतियोगितामा २५ स्वर्णपदक प्राप्त गर्दै कैलाली जिल्लाले प्रथम स्थान हासिल गरेको छ । १८ स्वर्णका साथ कञ्चनपुर जिल्ला द्वितीय भयो ।  ३ स्वर्ण सहित अछाम जिल्लाले तृतीय स्थान हासिल गर्यो ।

सुदूरपश्चिम प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउबाले बिजयी खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरे ।

प्रमुख अतिथि पूर्व मन्त्री देउवाले खेलकुदमा भौतिक पूर्वाधार समस्या रहेको बताउदै सुदूरपश्चिमको खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । 

उनले खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउने चर्चा गर्दै देशलाई चिनाउन पनि खेलकुदले महत्वपूर्ण योगदान पुर्याईरहेको बताए । 

समारोहमा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री लगायत सुरक्षा निकायका प्रमुखहरु र बिभिन्न खेल संघसंस्थाका पदाधिकारीहरु, प्रशिक्षकहरु, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुर्व तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा पत्रकार दीपक उपाध्यायलाई सामाजिक कार्यमा उत्कृष्ट सेवाकार्य गरे वापत नगद सहित सम्मान गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा “स्वास्थ्य दुत” पदमा नियुक्त हुनुभएका उपाध्यायले हालसम्म १०८ पटक रक्तदान गरिसक्नु भएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय कराते खेलाडी पुष्पा मडैलाई पनि सम्मानित गरिएको थियो । हाल जापानमा रहेकी पुष्पाको कदर पत्र उनका बुवालाई हस्तान्तरण गरिएको थियो । 

प्रतियोगिता सञ्चालनका लागि संस्थागत रुपमा सहयोग गर्ने  कैलाली जिल्ला खेलकुद समिति, कैलाली उद्योग बाणिज्य संघ, ठाकुर ग्रुप, अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु मकेन्द्र बहादुर सिंह, जनक सिंह खड्का, परमेश्वर चौधरी र कैलाली जिल्ला कराते संघका संस्थापक अध्यक्ष समेत रहेका कर्ण बहादुर चन्द, अन्तर्राष्ट्रिय कराते खेलाडी स्वर्गीय परशुराम चौधरीको परिवारजन तथा अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक शाह लगायतलाई संघका प्रदेश अध्यक्ष त्रैलोक्यनाथ धन्यवाद दिए ।  

सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढीमा आयोजित यस प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरका करिब ७०० खेलाडी, ५० रेफ्री तथा प्रशिक्षक र व्यवस्थापक गरि ८०० भन्दा बढी करातेकर्मीहरुको सहभागिता रहेको थियो । 

२७ चैत्रमा शुरु भएको प्रतियोगिताको मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य माननीय डिल्लीराज पन्त र नेपाल कराते महासंघका संस्थापक अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष दावा गुरुङ पनि विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका थिए ।  

प्रतिक्रिया