Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न

चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न

धनगढी उपमहानगरपालिका–५, शिवनगरमा अवस्थित शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मान चैतन्य पाठशालाले प्लस टु तहका लागि नव निर्मित भवन र पोडकास्ट स्टुडियोको को उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यसहित निर्माण गरिएको सो भवनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख श्रद्धेय डा. हेमराज पन्तज्यूको करकमलवाट विधिवत रूपमा सम्पन्न भएको हो।

उक्त उद्घाटन समारोहमा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रतिनिधिहरू तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पन्तज्यूले शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षा र संस्कारको संगम वेद र विज्ञानको संयोजनको रुपमा रहेको चैतन्य पाठशालाले यस्तो महत्वपूर्ण पूर्वाधार निर्माण गरेर शिक्षामा योगदान पु¥याएकोमा प्रसंसा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “आजको युग प्रतिस्पर्धाको युग हो। गुणस्तरीय शिक्षाको माध्यमबाट मात्र हाम्रो पुस्ताले आत्मनिर्भरता, नेतृत्व क्षमता र राष्ट्रप्रतिको उत्तरदायित्व विकास गर्न सक्छ। यस्तो अवस्थामा चैतन्य पाठशालाले अघि सारेको यो पहल सराहनीय छ।”

चैतन्य पाठशालाका प्राचार्य प्रेम निधि ओझा ज्यूले नयाँ भवनसँगै प्लस टु तहमा अझ प्रभावकारी र आधुनिक शिक्षण प्रणाली लागू गरिने जानकारी दिनुभयो। उहाँका अनुसार विज्ञान, व्यवस्थापन, शिक्षा लगायतका संकायहरूमा प्रयोगात्मक तथा सूचना प्रविधिमैत्री सिकाइ विधिहरूलाई प्राथमिकता दिइने छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीज्यूले चैतन्य पाठशालाले किताबी ज्ञान मात्रै नभएर समाजमा रहेका विभिन्न मूल्य मान्यताको समेत अध्ययन अध्यापन गराउँदै आएको र अब प्लस टु सञ्चालन भएसँगै अझ झन् बृहत रुपमा अगाडि बढ्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो यहाँहरूको साथ सहयोग र हौसलाले चैतन्य पाठशाला अहिले कक्षा १२ सम्मको पढाइका लागि सक्षम भएको छ। र आगामी दिनमा अझ योभन्दा विरोध रुपमा अगाडि बढ्ने आफ्नो योजना रहेको छ। पोडकास्ट स्टुडियो सञ्चालनमा आएसँगै विद्यार्थीका प्रतिभा विद्यार्थीका आवाज र समाजमा रहेका विभिन्न विषयहरूका बारेमा समेत गहन रुपमा प्रस्तुतिकरण हुने उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा उपस्थित हुनुभएका कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक सिताराम भट्टज्यूले चैतन्य पाठशालासँग आफू अभिभावकको रुपमा जोडिएको र चैतन्य पाठशालाका यी गतिविधिले आफूलाई गर्वान्वित बनाएको व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो सुदूरपश्चिममा विभिन्न स्थानमा प्लस टुको पढाइ हुने गरेको भएपनि चैतन्य पाठशालाले फरक सोच र विचारका साथमा प्लस टु सञ्चालन गरेको हुँदा यसको छुट्टै पठनपाठन शैली र विद्यार्थीहरूमा छुट्टै किसिमको व्यवहारको समेत विकास हुने भनाइ व्यक्त गर्नुभयो

चैतन्य पाठशाला परिवारले सबै अभिभावक, शुभेच्छुक, सहयोगी हात र अतिथिहरूप्रति आभार व्यक्त गर्दै शैक्षिक यात्रालाई अझ गुणस्तरीय र नवीनतम बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया