Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण

साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण

साँफेबगर नगरपालिकाले साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ। बिहिबार साँफेबगर नगरपालिका वडा नं. ३ हाटबजारमा बैशाख १३ गते बिहान भएको आगलागिमा परेका पिडितहरुलाई राहत वितरण गरिएको हो ।

साँफेबगर नगरपालिका वडा विपद राहत वितरण उपसमितीका संयोजक एवम् साँफेबगर नगरपालिका वडा नं. ३ का अध्यक्ष कुल बहादुर कुँवरको अध्यक्षता मा भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथी साँफेबगर नगरपालिकाका कार्यबाहक नगरप्रमुख शिव बहादुर कुँवरले आगलागि पिडितलाई राहत हस्तान्तरण गरेका थिए ।  

शनिवार विहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव सन्स एण्ड जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा ममः सेन्टर, गिता कठायर कुँवरको पक्कि घर,  भिमकुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदि पसल,  ज्ञानेन्द्र कुँवरको बैजनाथ कम्प्यूटर, टीका कुँवरको टीका फेन्सीएण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको काब्या होटल र मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमनकुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेर नष्ट भएका थिए ।

कार्यक्रममा साँफे हाटबजार व्यवस्थापन समितिका सचिव अशोक कुँवरले बजार व्यवस्थापन समितिले पनि बजारबाट राहत संकलन गरेको र केहि फर्महरु बाँकी रहेकोले केहि दिनमै उक्त्त राहत वितरण गरिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि कुँवरले नगरपालिकाले पिडितको क्षतिको पुर्ण रुपमा पुर्ति गर्न नसकेपनि स्थानिय सरकारले वर्तमान परिस्थीतिलाई मध्यनजर गर्दै तत्कालका लागी राहत सहयोग गरिएको बताए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवम साँफेबगर नगरपालिका वडा नं. ३ का अध्यक्ष कुल बहादुर कुँवरले तत्काल स्थानिय सरकारले घोषण गरेको ६ लाख रकम भएको क्षतिपुर्ति र संरचनाको मापदण्ड अनुसार रातह वितरण गरीएको बताए । कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगिले गरेका थिए ।

प्रतिक्रिया