Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण

साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण

साँफेबगर नगरपालिकाले साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ। बिहिबार साँफेबगर नगरपालिका वडा नं. ३ हाटबजारमा बैशाख १३ गते बिहान भएको आगलागिमा परेका पिडितहरुलाई राहत वितरण गरिएको हो ।

साँफेबगर नगरपालिका वडा विपद राहत वितरण उपसमितीका संयोजक एवम् साँफेबगर नगरपालिका वडा नं. ३ का अध्यक्ष कुल बहादुर कुँवरको अध्यक्षता मा भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथी साँफेबगर नगरपालिकाका कार्यबाहक नगरप्रमुख शिव बहादुर कुँवरले आगलागि पिडितलाई राहत हस्तान्तरण गरेका थिए ।  

शनिवार विहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव सन्स एण्ड जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा ममः सेन्टर, गिता कठायर कुँवरको पक्कि घर,  भिमकुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदि पसल,  ज्ञानेन्द्र कुँवरको बैजनाथ कम्प्यूटर, टीका कुँवरको टीका फेन्सीएण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको काब्या होटल र मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमनकुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेर नष्ट भएका थिए ।

कार्यक्रममा साँफे हाटबजार व्यवस्थापन समितिका सचिव अशोक कुँवरले बजार व्यवस्थापन समितिले पनि बजारबाट राहत संकलन गरेको र केहि फर्महरु बाँकी रहेकोले केहि दिनमै उक्त्त राहत वितरण गरिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि कुँवरले नगरपालिकाले पिडितको क्षतिको पुर्ण रुपमा पुर्ति गर्न नसकेपनि स्थानिय सरकारले वर्तमान परिस्थीतिलाई मध्यनजर गर्दै तत्कालका लागी राहत सहयोग गरिएको बताए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवम साँफेबगर नगरपालिका वडा नं. ३ का अध्यक्ष कुल बहादुर कुँवरले तत्काल स्थानिय सरकारले घोषण गरेको ६ लाख रकम भएको क्षतिपुर्ति र संरचनाको मापदण्ड अनुसार रातह वितरण गरीएको बताए । कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगिले गरेका थिए ।

प्रतिक्रिया