Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालन गरिएको खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमा साँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुर कुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकाराम खनाल  रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दैअतिथि जिल्ला समन्वय समिति प्रमुख कुँवरले स्ववियुले एक महत्वपुर्ण कार्यक्रमको आयोजना गरको भन्दै धन्यवाद ब्यक्त गरेका छ्न । वर्षमा एक पटक मात्र आयोजना गरेर नहुने बताउनुहुदै खेलकुद क्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेक महिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागी खेलकुद क्षेत्रलाई बजेट विनियोजन गरि पहिलो प्राथामिक्ता दिन सुझाव दिए । पछिल्लो प्रत्यक वडा वडामा खेल मैदान निमार्ण गरि राख्न आवश्यकन रहेकोले खेलाडीको संख्याको आधारमा र सिमित ठाउँमा मात्र खेल मैदान बनाउनु समन्वय प्रमुख कुँवरले आग्रह गरेका छ्न । उनले खेल मात्र खेलेर नहुने भन्दै खेलको संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नुपर्ने  बताए ।

विशिष्ट अतिथि साँफेबगर नगरपालिका नगर उपप्रमुख शिवबहादुर कुँवर सिलोजले पहिल्लो समय सामाजिक सञ्जालको दुरुप्रयोगले किशोर किशोरीहरु गलत क्रियाकलापमा फस्ने गरेकाले यसबाट सकारात्मक बाटो बाट युवाहरुलाई अगाडी बढाउनका लागी यो खेलले विशेष भुमिकाखेल्ने अपेक्षा गरेका छ्न । खेलमा प्रतिशर्पदा गरि रहदा हारजित स्वभाविक प्रक्रिया भएकालेसहभागी सम्पुर्ण खेलाडी टिमहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न आग्रह गरे ।

अर्का विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानीअध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकारामखनाललेस्ववियु एउटा साझा आदर्शवादी संस्था भएकाले यसले गर्ने जुनसुकै सकारात्मक कामहरुमा सबै राजनितिक दल, स्थानिय सरकारको पुर्ण साथ र समर्थन हुनु पर्ने बताए ।
क्रिकेट खेल प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहकोछ भने आज पहिलो दिन दुई वटा खेल भएका छन्। आज भएको पहिलो खेलमा आयोजक () लाई हराउदै रिडिकोटले जितेको छ।

प्रतिक्रिया