Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले आफ्नो पेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । 

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ती प्रकाशित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सुवेदीले प्रेस स्वतन्त्रता दिवशकै दिन समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरुलाई बदनामित हुने गरि आफ्नो फेसबुक वालमा लेखिएको स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवशको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन । 

‘आफ्नो बारेमा प्रकाशित समाचारका विषयमा विमति भए कानूनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भ्रत्सनायोग्य र निन्दनीय छ । कुनै पत्रकारले पैसा खाएर समाचार  लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेस समितिलाई उपलब्ध गराउन पनि महासंघ सचिव सुवेदीलाई चुनौती दिन चाहन्छ,’ अध्यक्ष शाहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महासंघले सचिव सुवेदी आफ्नो पदीय मर्यादा विर्सेर कानुनविपरीत कार्य गरिरहेको पनि महासंघको ठहर छ । ‘प्रदेश सचिव जस्तो पदमा बसेका व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्यालै नगरी यस्ता गैरजिम्मेवार र अफवाहपूर्ण अभिब्यक्ति दिनु कानुनको बर्खिलाप हो । बेलाबेला सचिव सुवेदीले पार्टीको कार्यकर्ता जस्तै देखिनेगरि स्टाटस लेख्दै आएका छन् । उनले आफ्नो फेसबुक वालमा पोखराको भावी मेयर सम्म लेख्न भ्याएका छन् । यस्ता हर्कतहरु निजामति कर्मचारी आचारसंहिताविपरीत भएको महासंघको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ ।  

महासंघको कैलाली शाखाले पनि सचिवलाई कारवाहीको माग गरेको छ । अध्यक्ष श्रवण देउवाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् । 

प्रतिक्रिया