ताजा अपडेट
कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु
कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।
वडा अध्यक्ष नवलसिंह रानाका अनुसार बारीमा काम गरिरहेको समयमा आइतबार बिहान चट्याङ लागेर सात महिने गर्भवती लालमतीको घटनास्थलमै मृत्यु भएको हो ।
लालमतीका २५ वर्षीय श्रीमान रतनसिंह राना घाइते भएका छन् । घाइते रतनसिंहलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
मौसममा आएको परिवर्तनले आइतबार बिहान कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा हावाहुरीसंगै वर्षा भएको थियो । सोही क्रममा विभिन्न स्थानमा चट्याङ खसेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया