Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

डोटी : डोटीमा शारीरिक रूपमा अशक्त (अपांगता) भएको भन्दै हाजिर गर्न नदिएको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नालाई शारीरिक रूपमा अशक्त (अपांगता) भएको भन्दै हाजिर गर्न नदिएको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिम प्रदेशले ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ,“ राज्यले समावेशितालाई कार्यान्वयन गर्न राज्यका हरेक तह र तप्काका आरक्षण  लगायतका नीति मार्फत पछाडी परेका तथा पारिएका वर्गालाई सहभागी गराउने तर स्थानीय तहका सरकारहरुले उक्त नीति कार्यान्वयनमा सहयोग नगर्ने  हो भने उक्त वर्गमाथि अन्याय हुन जाने ठहर छ ।”

अगाडी भनिएको छ,“यसरी अपाङ्गता भएका व्यक्तिको कार्य क्षमताको मूल्याकंन नै नगरी अपाङ्गता भएका व्यक्तिले काम गर्न सक्दैनन् भनी बहाना गरेर कर्मचारीलाई हाजिर हुन नदिने र कामकाज नदिने हो भने नेपाल सरकारको नेपालको संविधानमा उल्लेख गरिएको समावेशिताको लक्ष्य कसरी पुरा होला, निजामती सेवा ऐन तथा नियमावलीको ठाडो उपहास हुन जाने ठहर राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिम कार्यालयको ठहर छ ।”

साथै अपाङ्गता भएका व्यक्तिहरुलाई सरुवा तथा पदस्थापन गर्दा निजहरुको शारीरिक तथा अवस्थालाई समेत ध्यान दिई उपयुक्त स्थानमा कामकाज गर्ने वातावरण प्रदान गरिदिन हुन समेत आग्रह गरिएको छ । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २५ साउनमा सरुवा गरेको थियो ।

तर, अध्यक्ष ओझाले हाजिर गर्न नदिने भनेपछि ठगुन्ना साढे दुई सातासम्म जोरायल गाउँपालिका जान सकेका छैनन् । उनी यसअघि डडेल्धुराको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । धनगढी खबर  

प्रतिक्रिया