Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

डोटी : डोटीमा शारीरिक रूपमा अशक्त (अपांगता) भएको भन्दै हाजिर गर्न नदिएको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नालाई शारीरिक रूपमा अशक्त (अपांगता) भएको भन्दै हाजिर गर्न नदिएको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिम प्रदेशले ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ,“ राज्यले समावेशितालाई कार्यान्वयन गर्न राज्यका हरेक तह र तप्काका आरक्षण  लगायतका नीति मार्फत पछाडी परेका तथा पारिएका वर्गालाई सहभागी गराउने तर स्थानीय तहका सरकारहरुले उक्त नीति कार्यान्वयनमा सहयोग नगर्ने  हो भने उक्त वर्गमाथि अन्याय हुन जाने ठहर छ ।”

अगाडी भनिएको छ,“यसरी अपाङ्गता भएका व्यक्तिको कार्य क्षमताको मूल्याकंन नै नगरी अपाङ्गता भएका व्यक्तिले काम गर्न सक्दैनन् भनी बहाना गरेर कर्मचारीलाई हाजिर हुन नदिने र कामकाज नदिने हो भने नेपाल सरकारको नेपालको संविधानमा उल्लेख गरिएको समावेशिताको लक्ष्य कसरी पुरा होला, निजामती सेवा ऐन तथा नियमावलीको ठाडो उपहास हुन जाने ठहर राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिम कार्यालयको ठहर छ ।”

साथै अपाङ्गता भएका व्यक्तिहरुलाई सरुवा तथा पदस्थापन गर्दा निजहरुको शारीरिक तथा अवस्थालाई समेत ध्यान दिई उपयुक्त स्थानमा कामकाज गर्ने वातावरण प्रदान गरिदिन हुन समेत आग्रह गरिएको छ । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २५ साउनमा सरुवा गरेको थियो ।

तर, अध्यक्ष ओझाले हाजिर गर्न नदिने भनेपछि ठगुन्ना साढे दुई सातासम्म जोरायल गाउँपालिका जान सकेका छैनन् । उनी यसअघि डडेल्धुराको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । धनगढी खबर  

प्रतिक्रिया