Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई

साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई

स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसले आयोजना गरेको खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता आज साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ मा सम्पन्न अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बि एफ सि ले हात पारेको छ । आज बर्चहिल एकेडेमि र साँफेबगर बि एफ सि बिच भएको फाईनल खेलमा साँफेबगर बि एफ सि ले बर्चहिल एकेडेमिलाई ५३ रनले हराउदै प्रथम भएको हो । त्यसैगरी अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडिको उपाधि साँफेबगर बि एफ सि का खेलाडि नगेन्द्र रावललाई दिईएको थियो ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालन गरिएको खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीताको समापन जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले गरेका छ्न । त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको  समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति सदस्य नरेन्द्र बहादुर कुँवर रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दैअतिथि जिल्ला समन्वय समिति प्रमुख कुँवरले स्ववियुले एक महत्वपुर्ण कार्यक्रमको आयोजना गरी भव्य र सभ्य तरीकाले समापन गरेको भन्दै धन्यवाद ब्यक्त गरेका छ्न । वर्षमा एक पटक मात्र आयोजना गरेर नहुने बताउदै खेलकुद क्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेक महिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागी खेलकुद क्षेत्रलाई बजेट विनियोजन गरि पहिलो प्राथामिक्ता दिन सुझाव दिए । पछिल्लो प्रत्यक वडा वडामा खेल मैदान निमार्ण गरि राख्न आवश्यकन रहेकोले खेलाडीको संख्याको आधारमा र सिमित ठाउँमा मात्र खेल मैदान बनाउनु समन्वय प्रमुख कुँवरले आग्रह गरेका छ्न । उनले खेल मात्र खेलेर नहुने भन्दै खेलको संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नुपर्ने  बताए ।

बैशाख १८ गते बिहिबार देखि सञ्चालन भएको क्रिकेट खेल प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहेको थियो । आज भएको समापन कार्यक्रमको संचालन स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसका कोषाध्यक्ष भगवति कुँवरले गरेकि थिईन ।

 

प्रतिक्रिया