Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०९ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई

साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई

स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसले आयोजना गरेको खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता आज साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ मा सम्पन्न अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बि एफ सि ले हात पारेको छ । आज बर्चहिल एकेडेमि र साँफेबगर बि एफ सि बिच भएको फाईनल खेलमा साँफेबगर बि एफ सि ले बर्चहिल एकेडेमिलाई ५३ रनले हराउदै प्रथम भएको हो । त्यसैगरी अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडिको उपाधि साँफेबगर बि एफ सि का खेलाडि नगेन्द्र रावललाई दिईएको थियो ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालन गरिएको खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीताको समापन जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले गरेका छ्न । त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको  समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति सदस्य नरेन्द्र बहादुर कुँवर रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दैअतिथि जिल्ला समन्वय समिति प्रमुख कुँवरले स्ववियुले एक महत्वपुर्ण कार्यक्रमको आयोजना गरी भव्य र सभ्य तरीकाले समापन गरेको भन्दै धन्यवाद ब्यक्त गरेका छ्न । वर्षमा एक पटक मात्र आयोजना गरेर नहुने बताउदै खेलकुद क्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेक महिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागी खेलकुद क्षेत्रलाई बजेट विनियोजन गरि पहिलो प्राथामिक्ता दिन सुझाव दिए । पछिल्लो प्रत्यक वडा वडामा खेल मैदान निमार्ण गरि राख्न आवश्यकन रहेकोले खेलाडीको संख्याको आधारमा र सिमित ठाउँमा मात्र खेल मैदान बनाउनु समन्वय प्रमुख कुँवरले आग्रह गरेका छ्न । उनले खेल मात्र खेलेर नहुने भन्दै खेलको संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नुपर्ने  बताए ।

बैशाख १८ गते बिहिबार देखि सञ्चालन भएको क्रिकेट खेल प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहेको थियो । आज भएको समापन कार्यक्रमको संचालन स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसका कोषाध्यक्ष भगवति कुँवरले गरेकि थिईन ।

 

प्रतिक्रिया