Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

गए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गरेको छ । उक्त आक्रमण सटिक र सफल भएको भारतको दावी छ । तर, पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ ।

पाकिस्तानको सञ्चारमाध्यम डन डटकमले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय आक्रमणमा परी ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । त्यस्तै ३५ जना घाइते भएका छन् ।

india-pak-(8)-1746583390.jpg
पाकिस्तानी सेनाले 'छिमेकी देश'ले ६ स्थानमा गए राति आक्रमण गरेको जनाएको छ । त्यसको जवाफमा पाँच भारतीय जेट खसालेको जवाफ पाकिस्तानी सेनाले दिएको उक्त समाचारमा उल्लेख छ ।

india-pak-(6)-1746583389.jpg
डनका अनुसार भारत र पाकिस्तानबीचको सैन्य झडप स्थानीय समयअनुसार बिहान करिब १ बजे भएको भारतीय हवाई आक्रमणपछि सुरु भएको थियो । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले बिहान करिब पौने ३ बजे दुई भारतीय जेट खसालेको बताए ।

india-pak-(4)-1746583388.jpg
त्यस्तै स्थानीय समयअनुसार ३:४२ मा पीटीभीले तेस्रो विमान खसालेको उल्लेख गर्‍यो । त्यस्तै चौथो र पाँचौँ विमान खसालिएको पुष्टि बिहान ५ बजेपछि बताइएको थियो ।

india-pak-(5)-1746583388.jpg
रक्षामन्त्री ख्वाजा आसिफले ब्लूमबर्ग टीभीसँगको कुराकानीमा पाँच भारतीय विमान खसालेको बताएका छन् । त्यस्तै जियो न्युजमा सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानले पाँच भारतीय जेट खसालेको उल्लेख गरेका छन् ।

india-pak-(3)-1746583387.jpg
यद्यपि, पाकिस्तानको यो दावीमा भारतीय पक्षले भने प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानले एक रिपोर्टमा जनाएअनुसार भारतले ६ स्थानमा गरेका २४ वटा आक्रमणमा ८ जना पाकिस्तानी मारिएका छन् । त्यस्तै ३५ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।

india-pak-(1)-1746583386.jpg
india-pak-(2)-1746583386.jpg
 

प्रतिक्रिया