Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

गए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गरेको छ । उक्त आक्रमण सटिक र सफल भएको भारतको दावी छ । तर, पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ ।

पाकिस्तानको सञ्चारमाध्यम डन डटकमले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय आक्रमणमा परी ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । त्यस्तै ३५ जना घाइते भएका छन् ।

india-pak-(8)-1746583390.jpg
पाकिस्तानी सेनाले 'छिमेकी देश'ले ६ स्थानमा गए राति आक्रमण गरेको जनाएको छ । त्यसको जवाफमा पाँच भारतीय जेट खसालेको जवाफ पाकिस्तानी सेनाले दिएको उक्त समाचारमा उल्लेख छ ।

india-pak-(6)-1746583389.jpg
डनका अनुसार भारत र पाकिस्तानबीचको सैन्य झडप स्थानीय समयअनुसार बिहान करिब १ बजे भएको भारतीय हवाई आक्रमणपछि सुरु भएको थियो । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले बिहान करिब पौने ३ बजे दुई भारतीय जेट खसालेको बताए ।

india-pak-(4)-1746583388.jpg
त्यस्तै स्थानीय समयअनुसार ३:४२ मा पीटीभीले तेस्रो विमान खसालेको उल्लेख गर्‍यो । त्यस्तै चौथो र पाँचौँ विमान खसालिएको पुष्टि बिहान ५ बजेपछि बताइएको थियो ।

india-pak-(5)-1746583388.jpg
रक्षामन्त्री ख्वाजा आसिफले ब्लूमबर्ग टीभीसँगको कुराकानीमा पाँच भारतीय विमान खसालेको बताएका छन् । त्यस्तै जियो न्युजमा सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानले पाँच भारतीय जेट खसालेको उल्लेख गरेका छन् ।

india-pak-(3)-1746583387.jpg
यद्यपि, पाकिस्तानको यो दावीमा भारतीय पक्षले भने प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानले एक रिपोर्टमा जनाएअनुसार भारतले ६ स्थानमा गरेका २४ वटा आक्रमणमा ८ जना पाकिस्तानी मारिएका छन् । त्यस्तै ३५ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।

india-pak-(1)-1746583386.jpg
india-pak-(2)-1746583386.jpg
 

प्रतिक्रिया