Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट

लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट

लोकतान्त्रिक निर्माण ब्यबसायी संघ अछामको प्रथम जिल्ला भेला तथा अधिवेशनले गोकुल भाटको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । नेपाली कांग्रेस अछामका उप सभापति अर्जुन ताम्राकारको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले भाट नेतृत्वको कार्य समिति निर्बिरोध चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा हेमराज ढुंगाना (सरदार) र टेक बहादुर पार्कि निर्वाचित भएका छन । त्यस्तै महासचिवमा बिष्णु स्वाँर, उपमहासचिवद्वयमा पिकासो कुँवर र पुष्प अधिकारी, कोषाध्यक्षमा राज्य कुमारी कुँवर खड्का, सहकोषाध्यक्षमा खगेन्द्र साउँद निर्वाचित भएका छन ।

यसैगरि सदस्यहरुमा रमेश थापा, अशोक कुँवर, प्रकाश शाहि, टंक धामि, गोविन्द देवकोटा, धुर्व प्रसाद उपाध्याय र तारा देवी कुँवर निर्वाचित भएका छन् ।

लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको प्रथम जिल्ला भेला तथा अधिवेशनमा लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रिय सहसंयोजक प्रकाश सेठी, निर्माण व्यवसायी संघका प्रदेश अध्यक्ष लक्ष्मण स्वाँर, लोकतान्त्रिक निर्माण व्यवसायी संघका प्रदेस अध्यक्ष मदन बहादुर कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य टिकाराम खनाल, जिल्ला समन्वय समिति सदस्य नरेन्द्र बहादुर कुँवर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण बहादुर बुढा, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य सुरतबहादुर कुँवर, नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ क्षेत्र नम्बर क का सभापति महेश बहादुर खड्का, नेपाली कांग्रेसका नगर सभापति लाल बहादुर कुँवर, निर्माण व्यवसायी अछामका अध्यक्ष दिर्घ ठकुल्ला, निर्माण व्यवसायी सङ्घ अछामका महासचिव गौतम कुँवर, हवी ईक्यूप्मेन्टका केन्द्रिय सदस्य भरत बहादुर शाह, नेपाली कांग्रेसका क्षेत्रीय कार्यसमिति सदस्य चेतमान विक्रम शाह, किसान संघका नगर सभापति तपेन्द्र कडायत, त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटका स्ववीयू सभापति कमल कुँवर, निर्माण व्यवसायी रवि स्वाँर, नेपाली कांग्रेसका नगर सचिव अनिल रैगाईं लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया