ताजा अपडेट
चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई
चौरपाटी गाउँपालिकाले आयोजना गरेको प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । चौरपाटी गाउँपालिकामा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीताको उपाधि उपहार निर्माण सेवाले हात पारेको छ । आज आयोजक चौरपाटी गाउँपालिका र उपहार निर्माण सेवा बिच भएको फाईनल खेलमा उपहार निर्माण सेवाले आयोजक चौरपाटी गाउँपालिकालाई ५४ रनले हराउदै प्रथम भएको उपहार निर्माण सेवाका संचालक एवम् निर्माण व्यवसायि संघ अछामका महासचिव गौतम कुँवरले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिकको आयोजनामा सञ्चालन गरिएको प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीताको समापन सुदूरपश्चिम प्रदेसका सामाजिक विकास मन्त्रि मेघराज खड्काले गर्नुभएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेसका सामाजिक विकास मन्त्रि मेघराज खड्काले खेलकुद क्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेक महिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागी खेलकुद क्षेत्रलाई बजेट विनियोजन गरि पहिलो प्राथामिक्तामा राख्नुपर्ने बताउनु भयो । पछिल्लो समय प्रत्यक वडा वडामा खेल मैदान निमार्ण गरि राख्न आवश्यक नरहेकोले खेलाडीको संख्याको आधारमा र सिमित ठाउँमा मात्र खेल मैदान बनाउने र खेल मात्र खेलेर नहुने भन्दै खेल संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नुपर्ने मन्त्री खड्काले बताउनु भयो ।
बैशाख २३ गते मंगलबार देखि सञ्चालन भएको प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीतामा १२ वटा टिमको सहभागीता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया