ताजा अपडेट
धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’
कैलालीको धनगढीमा बेवारिसे कुकुरको उद्वारका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष गजेन्द्र शाहीले एनिमल सेल्टर स्थापना गरेका हुन् ।
बेवारिसे कुकुरको लागि छाना र खानाको व्यवस्थापसहितको एनिमल सेल्टर स्थापना गरिएको वडाध्यक्ष शाहीले बताए ।
‘भर्खरै मेरो विवाहको कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने, ‘विवाहको खर्च कटाएर बेवारिसे कुकुरको उद्वारका लागि एनिमल सेल्टर स्थापना गरिएको हो । कुकुर धार्मिक हिसावले पनि हामीसंग जोडिएको हुन्छ भने इमानदार जनावर पनि हो । बेवारिसे कुकुरलाई आश्रयसंगै उपचारको व्यवस्था पनि यहाँ हुन्छ ।’
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया