Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना

संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्य प्रस्तुत गरे ।  बजेटमा सुदूरपश्चिमका अधिकांश पुराना योजना परेका छन् भने वर्षाैदेखि अलपत्र योजनाको निर्माण सुरु गर्ने पनि उल्लेख गरिएको छ । 

सरकारले अत्तरिया–खोड्पे–दार्चुला सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने भएको छ । सो सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी आगामी वर्षबाट स्तरोन्नति सुरु गरिने अर्थमन्त्री पौडेलले बताए । ३१५ किलोमिटरको सो सडक अहिले सिंगल लेनको छ । साँघुरो सडक भएको हुँदा दार्चुलाको यात्रा निकै खतरापूर्ण छ ।

यसैरगी, महाकाली करिडारको ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति र तुसारपानी–टिंकर खण्डको ट्रयाक खोलिने अर्थमन्त्री पौडेलले बताए । उनले पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरिया खण्ड आगामी वर्ष स्तरोन्नति सुरु गरिने बताए । अर्थमन्त्री पौडेलले खुटिया–दीपायल द्रुतमार्ग स्तरोन्नति गर्न पनि बजेट विनियोजन गरेको बताए ।

नेपाल सरकारले कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र लगानी बोर्डमार्फत् निर्माण गर्ने जनाएको छ । सो औद्योगिक क्षेत्र प्रधानमन्त्री केपी शर्माओलीले चार वर्षअघि शिलान्यास गरेका थिए । तर, निर्माण सुरु भएको छैन । औद्योगिक क्षेत्र निर्माणको लागि रुख कटान र जग्गा प्राप्तिका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग गरेको भए पनि अनुमति पाएको छैन ।

यसैगरी, कञ्चनपुरमा सुख्खा बन्दरगाहा निर्माण सुरु गरिने अर्थमन्त्री पौडेलले बताए । त्यहाँ रुख कटानको काम सुरु भइसकेको छ । यस्तै डडेल्धुरामा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन गर्ने योजना पनि बजेटमा छ । 

सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटन पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए । उनले आगामी आर्थिक वर्षमा रामारोशन, बडीमालिका र बुढीनन्दा पर्यापर्यटन पदमार्ग निर्माण सुरु गरिने बताए । कर्णाली नदीमा ¥याफटिङ सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलले बताए । 

सरकारले आगामी वर्ष बझाङको मष्टा र साइपाल गाउँपालिकामा पर्ने २१० मेगावाटको चैनपुर सेती आयोजना निर्माण सुरु गर्ने जनाएको छ । अर्थमन्त्री पौडेलले कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन इञ्जिनियरिङ डिजाइन सम्पन्न गरी लगानीको ढाँचा यकीन गरिने बताए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर तयार गरी निर्माण कार्य अघि बढाउन अग्रसरता लिइने बजेटमा उल्लेख छ । 

सरकारले कैलालीको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभी अन्तरदेशीय विद्युत प्रशासरणलाईन निर्माण गर्ने भएको छ । यसैगरी, दार्चुलाको चमेलयादेखि भारतको जौलजीबीसम्म २२० केभी अन्तरदेशीय प्रशारणलाई अध्ययन गरी निर्माण सुरु गर्ने योजना पनि बजेटमा छ ।  

यसैगरी, आयोजना निर्माण भई उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा खपत हुन थालेको दुई वर्षपछि नेपाल सरकारले रानीजमरा जमरा कुलरिया सिंचाई आयोजनाको जलविद्युतको आय सञ्चित कोषमा राख्ने भएको छ । २०८० माघ १६ गतेबाट उत्पादन सुरु गरेको आयोजनाले विद्युत खरिद बिक्री सम्झौताको टुंगो नलागेपछि उधारोमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । आयोजनाले दैनिक ४.७१ मेगावाट जलविद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा पठाएको छ । यस्तै उक्त सिँचाइ आयोजनाको काम तीन वर्षभित्र सम्पन्न गर्ने बजेटमा उल्लेख छ । 

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी वर्ष सञ्चालन गरिने पनि अर्थमन्त्री पौडेलले बताए । उनले डडेल्धुरा मेडिकलको भौतिक संरचना निर्माण गरिने जनाए ।

अर्थमन्त्री पौडेलले कर्णाली र महाकाली नदीमा नदी नियन्त्रण गर्न समेत आवश्यक बजेट विनियोजन गरिएको बताए । सुदूरपश्चिम प्रदेशका यी आयोजनाहरु संघीय बजेटमा समेटिएको भएपनि कति बजेट विनियोजन गरिएको भन्ने कुरा अर्थमन्त्री पौडेलले उल्लेख गरेका छैनन् ।

उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मुल्यका कृषि बाली खेती गरिने पनि बताए । त्यसका लागि ८३ करोड विनियोजन गरिएको जनाए ।

प्रतिक्रिया