Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कांग्रेस प्रदेशसभा सभापति स्वारको सहयोगमा रामारोशनमा अवरुद्ध सडक निर्माण कार्य सुरु

कांग्रेस प्रदेशसभा सभापति स्वारको सहयोगमा रामारोशनमा अवरुद्ध सडक निर्माण कार्य सुरु

भदौ १३ , अछाम

नेपाली कांग्रेस अछाम क्षेत्र न.१ प्रदेश सभा (ख) का सभापति डम्बर स्वारको सहयोगमा रामारोशन गाउँपालिका- १ को तालि देखि मुजाबगर बजारसम्मको अवरुद्ध सडक निर्माणमा कार्य जेसिवि मेसिन लगाएर मर्मत सुरु भएको छ । स्थानीय जनतालाई आवतजावतमा समस्या भएपछि आफैंले डोजर लगाएर बाटो मर्मत गर्न थालेको बताउनुभयो । यहि भदौ २ गते राती रामारोशन क्षेत्रमा भिषण पानीसँगै अाएको पहिरोले तिमिल्सेन- रामारोशन सडक र मंगलसेन - रामारोशन सडक खण्ड सेरी पुल भन्दा माथि पुर्ण रुपले अवरुद्ध भएपछि रामारोशन गाउँपालिकाले तत्कालका लागि ठाँटीखाँद तालि हुँदै मुजाबगरसम्मको सडक मात्र संचालन गर्न सक्ने जनाएको थियो ।

सोही सडकलाई सुचारु गर्नका लागि सभापति स्वारले उक्त सडक निर्माणका लागि अावश्यक मेसिन डोजर सडक निर्माण अवधि भर निशुल्क निर्माण कार्यमा लगाउनु भएको छ । रामारोशन क्षेत्रमा विनाशकारी बाढीले पुरै सडक अवरुद्ध भएकाले जनता लाई पर्ने असुविधा लाई मध्ये नजर गर्दै सडक निर्माण कार्यमा डोजरको सहयोग गरेको सभापति स्वारले बताउनु भएको छ । उहाँका अनुसार डोजरले शनिबारबाट सडक बनाउन सुरु गरिसकेको र मुजाबगरसम्म सडक निर्माण कार्यमा सहयोग गर्ने बताउनु भएको छ।

सडक नहुँदा रामारोशनका जनतालाई पर्ने अप्ठ्यारोलाई मध्यनजर गर्दै विपत्तिमा सरकारलाई सहयोग गर्दै अवरुद्ध सडक सुचारू गर्न सहयोग गर्दिन नेपाली कांग्रेस रामारोशनले सबैलाई अाग्रह समेत गरेको थियो । यस्तै अन्य अत्यावश्यक भौतिक संरचना पुनः निर्माणका लागि पार्टी तथा अन्य निजि क्षेत्र लाई पनि अनुरोध गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विकले बताउनु भएको छ । अवरुद्ध सडक खण्ड संचालनका लागि सभापति स्वारले गरेको सहयोग अतुलनीय भएको भन्दै कांग्रेस राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया