Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस प्रदेशसभा सभापति स्वारको सहयोगमा रामारोशनमा अवरुद्ध सडक निर्माण कार्य सुरु

कांग्रेस प्रदेशसभा सभापति स्वारको सहयोगमा रामारोशनमा अवरुद्ध सडक निर्माण कार्य सुरु

भदौ १३ , अछाम

नेपाली कांग्रेस अछाम क्षेत्र न.१ प्रदेश सभा (ख) का सभापति डम्बर स्वारको सहयोगमा रामारोशन गाउँपालिका- १ को तालि देखि मुजाबगर बजारसम्मको अवरुद्ध सडक निर्माणमा कार्य जेसिवि मेसिन लगाएर मर्मत सुरु भएको छ । स्थानीय जनतालाई आवतजावतमा समस्या भएपछि आफैंले डोजर लगाएर बाटो मर्मत गर्न थालेको बताउनुभयो । यहि भदौ २ गते राती रामारोशन क्षेत्रमा भिषण पानीसँगै अाएको पहिरोले तिमिल्सेन- रामारोशन सडक र मंगलसेन - रामारोशन सडक खण्ड सेरी पुल भन्दा माथि पुर्ण रुपले अवरुद्ध भएपछि रामारोशन गाउँपालिकाले तत्कालका लागि ठाँटीखाँद तालि हुँदै मुजाबगरसम्मको सडक मात्र संचालन गर्न सक्ने जनाएको थियो ।

सोही सडकलाई सुचारु गर्नका लागि सभापति स्वारले उक्त सडक निर्माणका लागि अावश्यक मेसिन डोजर सडक निर्माण अवधि भर निशुल्क निर्माण कार्यमा लगाउनु भएको छ । रामारोशन क्षेत्रमा विनाशकारी बाढीले पुरै सडक अवरुद्ध भएकाले जनता लाई पर्ने असुविधा लाई मध्ये नजर गर्दै सडक निर्माण कार्यमा डोजरको सहयोग गरेको सभापति स्वारले बताउनु भएको छ । उहाँका अनुसार डोजरले शनिबारबाट सडक बनाउन सुरु गरिसकेको र मुजाबगरसम्म सडक निर्माण कार्यमा सहयोग गर्ने बताउनु भएको छ।

सडक नहुँदा रामारोशनका जनतालाई पर्ने अप्ठ्यारोलाई मध्यनजर गर्दै विपत्तिमा सरकारलाई सहयोग गर्दै अवरुद्ध सडक सुचारू गर्न सहयोग गर्दिन नेपाली कांग्रेस रामारोशनले सबैलाई अाग्रह समेत गरेको थियो । यस्तै अन्य अत्यावश्यक भौतिक संरचना पुनः निर्माणका लागि पार्टी तथा अन्य निजि क्षेत्र लाई पनि अनुरोध गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विकले बताउनु भएको छ । अवरुद्ध सडक खण्ड संचालनका लागि सभापति स्वारले गरेको सहयोग अतुलनीय भएको भन्दै कांग्रेस राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया