Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने

बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने

अछाम जिल्लामा रहेको बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट प्रदेश अन्र्तगतको ५० सैयाको अस्पतालका रुपमा सञ्चालन गर्ने भएको हो । आर्थिक बर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले बयालपाटा अस्पताललाई प्रदेश सरकारले सञ्चालन र व्यवस्थापन गर्ने बताए ।

निति तथा कार्यक्रम बाचन गर्दै प्रदेश प्रमुख मियाँले प्रदेश सरकारले आवश्यक कानुनी प्रक्रिया पुरा गरि अस्पतालको स्वामित्व प्रदेश सरकारले लिने र प्रदेश स्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाईने बताए ।

यसअघि सामाजिक विकास मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्दै आईरहेको थियो । गत माघ महिनामा न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापनका लागि २ वटा विकल्प राख्दैँ प्रदेश सरकारलाई पत्र लेखेको थियो ।

न्याय हेल्थ नेपालले दिएको दुई वटा विकल्प मध्ये पहिलो विकल्प न्याय हेल्थ नेपालकै व्यवस्थापनमा प्रदेश सरकारले ५० प्रतिशत आर्थिक अनुदान निर्शत सहयोग सहितको लागत साझेदारीमा कानुनी आधार नभएको भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दोश्रो विकल्पमा गएको हो ।

न्याय हेल्थ नेपालले दिएको दोश्रो विकल्प बयालपाटा अस्पताल सञ्चालनको हालकै मोडेलमा (एकिकृत स्वास्थ्य सेवा प्रणाली) प्रदेश सरकारले नै सञ्चालन र व्यवस्थापन गर्ने रहेको थियो ।

उक्त दोश्रो विकल्प अनुसार प्रदेश सरकारको माननिय मुख्यमन्त्री स्तरिय बैठकबाट सामाजिक विकास मन्त्री मेघराज खड्को संयोजकत्वमा निर्देशक समिति र प्राध्यापक डाक्टर चेतराज पन्तको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको थियो ।

उक्त कार्यकारी समितिले न्याय हेल्थ नेपालले सञ्चालन गरेका कार्यक्रम बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आगामी दिनमा समेत हालकै मोडेलमा सञ्चालन गर्नुपर्ने सिफारिष गरेको थियो ।

सो सिफारिषको आधार तथा सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट समेत बयालपाटा अस्पतालको स्वामित्व ग्रहण गर्नका बिभिन्न बुदा सहितको प्रस्ताव प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा पेश गरेको थियो ।

उक्त प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत भएपछि सामाजिक विकास मन्त्रालयले अस्पतालको स्वामित्व ग्रहण गर्ने प्रक्रिया सुरु गरिएको थियो । मन्त्रीपरिषदबाट प्रस्ताव स्वीकृत भएपछि आज शुक्रबार सार्वजनिक भएको निति तथा कार्यक्रममै बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापन प्रदेश सरकारले गर्ने बुदा समेटिएको छ ।

अब अस्पतालको स्वामित्व ग्रहण गर्न पहिलो चरणमा लगत्तै न्याय हेल्थ नेपालसंग ग्रहण/हस्तान्त्ररणका लागि सम्झौता गरिने मन्त्री मेघराज खड्काले बताए । बयालपाटा अस्पताल सञ्चालन व्यवस्थापनको लागि प्रदेश सरकारबाट गठन आदेश जारी गरि अस्पताल नियमित सञ्चालन गरिने उनले बताए ।

न्याय हेल्थ नेपाल संग सहकार्य र प्राविधिक सहयोगका लागि अनुरोध गर्ने समेत मन्त्री खड्काले बताए ।

बिगत १६ बर्ष देखि बयालपाटा अस्पताल सुरुमा संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र २०७४ पश्चात सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपालले सञ्चालन व्यवस्थापन गर्दै आईरहेको छ ।

बयालपाटा अस्पतालमा स्थापना काल देखि नै सबै सेवा निशुल्क रुपमा प्रदान हुदैँ आईरहेका छन् भने हालसम्म करिब १५ लाख नागरिकले निशुल्क सेवा लिईसकेका छन् ।

प्रतिक्रिया