Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण

अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण

अमृत डिष्ट्रिलरीले बाजुराको बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ। बाजुराको बुढीगंगा नगरपालिका– ६ बाम्का बजारमा शुक्रबार भएको आगलागिमा परेका पिडितहरुलाई अमृत डिष्ट्रिलरीले राहत वितरण गरिएको हो ।

बुधबार अमृत डिष्ट्रिलरीका प्रतिनिधि किरण कुँवरले बाजुराको बुढीगंगा नगरपालिका– ६ बाम्का बजारमा पुगेर ३० कट्टा चामल राहत स्वरुप पिडितलाई हस्तान्तरण गरेका थिए ।  

बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार आगलागीमा परी १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँ बराबरको क्षति भएको छ । पीडित, प्रहरी, नगरपालिका र सरोकारवाला सबैले सहकार्यमा उक्त क्षतिको विवरण सार्वजनिक गरिएको नगर प्रमुख बानियाँले बताए ।आगलागीमा परी ३४ वटा पसल तथा होटलमा क्षति भएको छ । जसमध्ये १३ वटा पसल र २ वटा होटल भने जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

शुक्रबार दिउँसो नवदुर्गा होटलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल तथा होटल जलेर सखाप भएका हुन् । बाम्का बजारमा सडकको तल र माथि गरी १ सय बढी पसल थिए । अधिकांश पसलहरू टिनको टहरामा रहेका थिए ।

बुढीगंगा नगरपालिका प्रमुख बानियाँले आगलागीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । तिनै तहको सरकार तथा अन्य निकायलाई सहयोग गर्न उनको आग्रह छ । सूदुरपश्चिम प्रदेश सरकारले आगलागी पीडितका लागि ४० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ ।

क्षतिको विवरण अनुसार नेहा एन्ड निसान फेन्सी स्टोर, रामचन्द्र गिरी ९ लाख, कैलाश हेयर कटिङ कस्मेटिक, नन्द मिजार १२ लाख, एसआर कस्मेटिक एन्ड किराना पसल, सुशील थापा ५२ लाख ४३ हजार, एन्जलस पुस्तक पसल, तेजबहादुर बोहरा ५७ लाख ४५ हजार, नाटेश्वरी जनरल स्टोर, चन्द्र ऐडी ८७ लाख २६ हजार २५०, अनिल फेन्सी स्टोर, धर्म साउद १ करोड ९५ लाख २४ हजार ५००, राज मोबाइल ग्यालरी, मनिराम पाध्या १५ लाख ६९ हजार, आशिष सुनचाँदी पसल, अर्जुन सुनार  ९६ हजार, आरके ब्रदर्स जनरल स्टोर, दिपक साउद ७३ लाख २८ हजार ५००, एचडीके इलेक्ट्रोनिक अल पसल, प्रतिमा बोहरा ४२ लाख ७८ हजार ९५६, एसबी बुढा होटल, पवन बुढा २३ लाख ७६ हजार, रोयल सुनचाँदी पसल, मनिष खनाल १३ लाख ६ हजार ७००, रेनुका जुत्ता चप्पल सिलाइ सेन्टर, सरोज सार्की ६ लाख, कोपिला फेन्सी स्टोर, महारुद्र न्यौपाने १६ लाख ४५ हजार, भुपाल थापा किराना पसल ४ लाख ५० हजार, नवदुर्गा बसिबियाँलो फर्निचर तथा होटल २ करोड २१ लाख ६६ हजार ५००, मष्टामाण्डौ सुनचाँदी पसल, सुनिल बराल ७१ लाख ४३ हजार ४८९, आरबी जनरल स्टोर १ करोड ३५ लाख २७ हजार ९५०, एभरेष्ट फेन्सी स्टोर, शान्ति साउँद ३ लाख ८१ हजार ५००, मातृका फेन्सी स्टोर, प्रतिभा कटुवाल ३७ लाख २५ हजार, नवदुर्गा बसिबियाँलो फर्निचर उद्योग, तोयानाथ २१ लाख ९ हजार, एलिना फेन्सी स्टोर, गोर्कणबहादुर शाही १ लाख १५ हजार, पुष्कर शाह १ लाख ५६ हजार, बडिमालिका भोजनालय, रंग खड्का ४ लाख ८२ हजार, न्यौपाने किराना मदिरा तथा तरकारी फलफूल सप्लार्यस, डम्मरा भट्टराई ३ करोड ७ लाख ७३ हजार ३६७.४९, एन्जिला कस्मेटिक पसल एन्ड जनरल स्टोर, छत्रबहादुर  थापा १९ लाख ६५ हजार ६००, शंकरमानदेव सुनचाँदी पसल, गोपाल सुनार २ लाख ४५ हजार, विनोद जनरल स्टोर, भगत गिरी ४ लाख ८३ हजार, प्रतीक्षा कस्मेटिक एन्ड जनरल स्टोर, टीका गिरी ४५ हजार, बडिमालिका जनरल स्टोर, उद्धव थापा अशोक थापा २ करोड १६ लाख ७४ हजार ७२५, अनिल फेन्सी स्टोर र माया जनरल स्टोर, धनबहादुर साउद कोपिला साउद १ करोड ९५ लाख २४ हजार ५००, बडालेख हार्डवेयर एन्ड आणा पसल, मनबहादुर नाथ ४६ लाख ५४ हजार ९५०, मष्टा फेन्सी स्टोर, शेरबहादुर बिष्ट ५६ लाख ९५ हजारको क्षति भएको खुलेको छ ।

प्रतिक्रिया