ताजा अपडेट
बयालपाटा अस्पताललाई प्रदेश सरकारद्वारा ८ करोड बजेट
सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पताललाई ८ करोड बिनियोजन गरेको छ। आगामी आर्थिक बर्ष २०८२/८३का लागि अस्पताल सञ्चालन खर्च ७ करोड ५० र पुजिगत ५० लाख बजेट बिनियोजन गरेको सामाजिक बिकास मन्त्री मेघराज खड्काले बताए ।
यस अघि संघिय सरकारले बयालपाटा अस्पताला लागि ६ करोड बिनियोजन गरेको थियोे ।केन्द्र सरकारको स्वास्थ मन्त्रालयले बिनियोजन गरेको ६ करोड बजेट बाहेक प्रदेश सरकारले ८ करोड बिनियोजन गरिएको मन्त्री खड्काले बताए ।अब संघ र प्रदेश सरकारको गरि बयालपाटा अस्पतालका लागि १४ करोड रकम भएको छ।
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेश सरकार मातहत ल्याउन कानूनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पतालको रूपमा सञ्चालन गर्नका लागि आफू कानुनि प्रक्रिया अगाडि बढिरहेको मन्त्री खड्काले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया