Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै साढे ३३ अर्बको बजेट ल्याएको छ । आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । 

मन्त्री थापाले अगामी वर्षका लागि चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५) बजेट विनियोजन गरेको जानकारी दिए । 

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई झण्डै साढे १५ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री थापाले १५ अर्ब ४० करोड ३० लाख १७ हजार बजेट विनियोजन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयका लागि १४ अर्ब ६० करोड १४ लाख ७४ हजार विनियोजन गरिएको थियो । आगामी वर्षका लागि करिब एक अर्ब बढाइएको छ । पौने नौ अर्ब मात्रै सिलिङ दिइएकोमा अन्तिम समयमा खिचातानीकाबीच भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि बजेट बढाइएको हो । 

सडक निर्माण, खानेपानी योजना निर्माण तथा मर्मत, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका योजनाका लागि बजेट विनियोजन गरिएको मन्त्री थापाले बताए । आगामी वर्षमा प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना सञ्चालन गर्ने मन्त्री थापाले बताए । प्रादेशिक र स्थानीय सडक सुधार आयोजना सञ्चालन गर्न एक अर्ब ३१ करोड ६२ लाख विनियोजन गरिने उनले बताए । उनले प्रदेश गौरव, बहुवर्षीय आयोजना, विगतमा निर्माण सुरु भएर निर्माण सम्पन्न नभएका योजनाको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

मन्त्री थापाले जलवायु अनुकुल सिंचाई सुविधा विस्तारका लागि १० करोड २५ लाख विनियोजन गरको बताए । उनले निजी सार्वजनिक साझेदारीमा जलविद्युत उत्पादन सुरुवात गर्न बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रका लागि तीन अर्ब ३० करोड १० लाख बजेट विनियोजन गरिएको मन्त्री थापाले जानकारी दिए । कृषि क्षेत्रमा एक स्थानीय तह दुई उत्पादन कार्यक्रम सञ्चालन गरिने मन्त्री थापाले जानकारी दिए । उक्त कार्यक्रमका लागि एक सय ७६ पकेट निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । उक्त कार्यक्रमका लागि ७० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री थापाले बताए । उक्त कार्यक्रमका लागि प्रदेशभर एक ७६ जना प्राविधकि परिचालन गरी पाँच हजार कृषक लाभान्वित हुने उनको दाबी छ । 

प्रदेश सरकारले किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिने भएको छ । त्यसका लागि १३ करोड ४५ लाख विनियोजन गरिएको मन्त्री थापाले बताए । यसले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन मिल्ने उनले बताए । त्यस्तै एक जिल्ला एक उद्योगका लागि एक करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकारले उद्योग, वन र पर्यटन क्षेत्रका लागि दुई अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । मन्त्री थापाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि दुई अर्ब ३४ करोड ४८ लाख बजेट विनियोजन गरेको जानकारी दिए । 

यस्तै खेलकुदतर्फ एक जिल्ला एक क्रिकेट खेल मैदान निर्मााण गरिने मन्त्री थापाले बताए । उक्त कार्यका लागि एक करोड २५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट कैलालीमा टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । त्यसका लागि आगामी वर्षको बजेटमा साढे पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयका लागि प्रदेश सरकारले सात अर्ब सात करोड चार लाख बजेट विनियोजन गरेको छ । यस्तै, आन्तरिक मामिला मन्त्रालयलाई ३६ करोड चार लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया