ताजा अपडेट
साँफेबगर नगरपालिका पूर्ण खोप पालिका घोषणा
साँफेबगर नगरपालिका आईतबार पूर्ण खोप पालिका घोषणा गरिएका छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागी साँफेबगर नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो । स्वास्थ्य कार्यालयको नियमित कार्यक्रम अन्तर्गत जन्मे देखि ५ वर्षमुनिका सबै बालबालिकाहरुले खोप पाएको सुनिश्चितता भएपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो । प्रत्येक वर्ष पालिकालाई पूर्ण खोप पालिका गरिदै आएको छ ।
साँफेबगर नगरपालिकाका वर्ष मुनिका एक हजार २४१ बालबालिकाहरुले पूर्ण खोप पाएका छन् । नगरपालिकाका पोषण भत्ता खाने बालबालिकाको संख्या भने २ हजार ८४ रहेको छ । स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले प्रस्तुत गरेको तंथाकका अनुसार ८४३ जना बालबालिकाहरु भने जिल्ला बाहिर रहेका छन् । पालिका खोप समन्वय समितिका संयोजक तथा साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर,स्वास्थ्य कार्यालयका प्रमुख झपटराज ढुंगाना,वडाअध्यक्ष ललित बोगटीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन स्वास्थ्य शाखाका नरेश रावतले गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया