Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डेढ अर्ब आन्तरिक आय भएको सुदूरपश्चिम सरकारले कहाँबाट ल्याउँछ ३२ अर्ब ?

डेढ अर्ब आन्तरिक आय भएको सुदूरपश्चिम सरकारले कहाँबाट ल्याउँछ ३२ अर्ब ?

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट सार्वजनिक ग¥यो । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए । 

मन्त्री थापाले अगामी वर्षका लागि चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५) बजेट विनियोजन गरेको जानकारी दिए । यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु वर्षको भन्दा झण्डै दुई अर्ब बढीको बजेट प्रदेश सरकारले सार्वजनिक गरेको छ । तर, उक्त रकम कहाँबाट आउँछ भन्ने जिज्ञासा भने बढेको छ । 

बजेटमै प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतपनि उल्लेख गरेको छ । जसमा आन्तरिक राजस्व परिचालनबाट एक अर्व ६५ करोड मात्रै संकलन हुने प्रदेश सरकारको अनुमान छ ।

यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट नौ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट आठ करोड, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ९२ करोड ५६ लाख, आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट चार अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख प्राप्त हुने अनुमान प्रदेश सरकारको छ । तर, यो सबै रकम अनुमानित हो । 

३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट ल्याएको प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख स्रोत संकलन हुने अनुमान गरेको छ । 

यसअघि चालु वर्षबाट चार अर्ब बचत हुने अनुमान गर्दै बजेट निर्माणलाई अगाडि बढाएको प्रदेश सरकारले अन्तिम समयमा बचत अनुमान सात अर्ब ६६ करोड पुगाएको छ । जसका कारण बजेटको आकार पनि बढेर झण्डै साढे ३३ अर्ब पुगेको हो । चालु वर्षको बजेट ल्याउँदा बचत अनुमान छ अर्ब १५ करोड ८३ लाख ५८ हजार थियो । 

प्रतिक्रिया