Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २५ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिम प्रदेस सरकारको बजेट: सिचाँई र सडक निर्माणका लागी १ हजार विनियोजन

सुदूरपश्चिम प्रदेस सरकारको बजेट: सिचाँई र सडक निर्माणका लागी १ हजार विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सिचाँईं, खानेपानि र सडक निर्माणका योजनाहरुमा एक हजार रुपैयाँसमेत विनियोजन गरेको पाइएको छ । प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा सिचाँईं, खानेपानि र सडक कालोपत्रे लगायत सम्बन्धीका योजनामा एक हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।

जलस्रोत तथन सिचाँई डिभिजन कार्यालय अछाम अन्तर्गत अछामको दालखाल  बलमाटे मुन्ग्रा सिचाँई योजना मेल्लेख ६, साङ खोला सारङे सिचाँई योजना साँफेबगर ९, माझ सिचाँई योजना मंगलसेन १३, कानझाड धाईडा सिचाई योजना तुर्माखाद ७, टापु खोला सिँचाई योजना तुर्माखाद ४, डाँडा कृषि सिँचाइ योजना साँफेबगर ३, बाब्ला सिचाई योजना साँफेबगर १९ कोटेखेत सिँचाइ योजना साफेबगर १०, बडागाड खरेखोला प्याउरे गाउँ सिँचाइ योजना साफेबगर ११, लाते खोला काठेबढी टोल सिचाई योजना कमलबजार ५, बण्डली काठे काउला सिँचाइ योजना कमलबजार ९, सुदाखेत सिचाई योजना कमलबजार ४, जाजरकोला तल्लो मेलकाटिया सिचाई योजना रामारोशन ७,  मानके पानी बदलतोला गहिरोपात खेत सिँचाइ योजना मेल्लेख ६ लगाएत विभिन्न ठाउँ र अन्य जिल्लामा पनि रु एक हजारका थुप्रै योजनामा बजेट विनियोजन गरिएको पाइएको छ ।

त्यसैगरी पुर्वाधार विकास कार्यालय कैलाली अन्तर्गत निर्माणाधीन प्रदेश गौरवको भजनी छोटी भन्सार खिमडी ठूलीगाड सडक योजनामा आगामी वर्ष एक हजार रुपैयाँ विनियोजन गरिएको छ । सोही कार्यालयको कार्यक्रम पुस्तिकामा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ का खगराज पाठकको घरदेखि एडिबि रोड जोड्ने सडक, गोदावरी–३, को पुष्कर भट्टराईको घर हुँदै जाने सडक, गोदावरी–४, का कुलानन्द पनेरुको घरदेखि उत्तर बास्कोटाको घर जाने सडकमा तीन/तीन हजार बजेट विनियोजन गरिएको पाइएको छ ।

कार्यक्रम पुस्तिकाअनुसार कैलालीको गौरीगंगा नगरपालिका–१०, को वडा कार्यालयबाट नुक्लीपुर भगतपुर जाने सडक, गौरीगंगा ७ र ८ जोड्ने लिक्मा–कैलाशपुर सडक र बढैपुर–मट्कौना–कैलाशपुर सडक निर्माणका लागि ३/३ हजारका दरले बजेट परेको छ ।

पुर्वाधार विकास कार्यालय कञ्चनपुरमा भीमदत्त–६, पशुपति टोलको ब्राइट फ्युचर स्कूलको दुर्गा भवानी जाने सकड आरसिसि गर्न, कृष्णपुर–५ मा पूर्वपश्चिम राजमार्गदेखि रेलडण्डी हुँदै कृष्ण माविसम्म जाने सडक, कृष्णपुर–८ को साविक माछापालन चोकदेखि दक्षिण खेलमैदानसम्मको सडक, दोधारा चाँदनी–६ को बोकटी चोकदेखि गुरुङ टोल हुँदै गल्मेली टोलसम्मको सडक कालो पत्रे गर्न एक/एक हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कृष्णपुर–५ वनदेवी हुँदै वडा नं. ६, ७, ८ र ९ जोरायल गाउँ जाने सडक निर्माण गर्न ५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कञ्चनपुरमै प्रदेश गौरवको दोमिल्ला नाईल सडकको कलुवापुर–चितौरा खण्ड निर्माण गर्न एक हजार रुपैयाँ विनियोजन गरिएको छ । भीमदत्त–६ पूर्णागिरी टोलको सडक स्तरोन्नती गर्न पनि एक हजार रुपैयाँ विनियोजन गरिएको छ । बेलौरी छोटी भन्सारदेखि कलुवापुरसम्मको सडक कालोपत्र गर्नका लागि पनि एक हजार रुपैयाँ बजेट राखिएको छ ।

यी सडक योजनाहरु उदाहरणमात्रै हुन् भौतिक पुर्वाधार विकास मन्त्रालय मातहतका विभिन्न कार्यालयहरुमा यस किसिमले एक हजारदेखि पाँच हजार रुपैयाँसम्म विनियोजन गरिएका योजनाहरु थुप्रै छन् ।

बजेट निर्माणका क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले २५ लाख रुपैयाँभन्दा कम बजेटको योजना बजेटमा नराख्ने र राख्नै पर्ने भए स्थानीय तहलाई हस्तान्तरण गर्ने गरी राख्ने बजेट निर्माणको आधार सार्वजनिक गरेका थिए । तर, प्रदेश सरकारका कार्यालयहरुले नै कार्यान्वयन गर्ने गरी हजार रुपैयाँ योजना बजेटमा राखिएको छ ।

‘यी योजनाले मुख्यमन्त्रीले प्रस्तुत गरेका बजेट निर्माणका आधार र प्रतिवद्धतालाई गिज्याएको छ’ एक जना प्रदेश सभा सदस्यले भने, ‘शून्य बजेट राखेर योजनाहरु बजेटमा समावेश गरिनु र एक/दुई हजार विनियोजन गरिनु जनता झुक्याउने काम हो ।’

प्रतिक्रिया