ताजा अपडेट
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा मोबाइल खरिद गर्न प्रदेस सरकारले गर्यो ४० हजार बजेट विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा मोबाइल सहितका विलाशिताका सामाग्री खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानका लागि मोबाइल सेट खरिद गर्न ४० हजार, कम्प्युटर, ल्यापटप र प्रिन्टर खरिद गर्न तीन लाख र मोटरसाइकल खरिद गर्न तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
यद्दपि, ऐतिहासिक पुरातात्विक तथा सांस्कृति सम्पादाको खोज तथा अन्वेषण गर्न ५० हजार रुपैयाँ मात्रै विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशभित्रका भाषाहरुको अध्ययन तथा अभिलेखीकरण गर्न दुई लाख विनियोजन गरेको छ । प्रदेशको कामकाजको भाषा निर्धारणको तयारी गर्न पनि दुई लाख मात्रै विनियोजन गरेको छ ।
प्रज्ञा प्रतिष्ठानमा उपकुलपति टिएन जोशी बाहेक प्राज्ञहरु र कर्मचारीहरु समेत छैनन् । सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनमा उपकुलपतिलाई मोबाइल सेट, मोटरसाइकल र ल्यापटप सुविधा दिने व्यवस्था गरिएको छैन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया