Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रदेश सरकारको बजेट : फेरि दुई सयभन्दा बढी मन्दिरका योजनामा खन्याइयो बजेट

प्रदेश सरकारको बजेट : फेरि  दुई सयभन्दा बढी मन्दिरका योजनामा खन्याइयो बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सानाठूला गरी साढे दुई सयभन्दा बढी मठमन्दिर मन्दिर निर्माण गर्ने भएको छ । विगतमा जस्तै आगामी वर्ष पनि मठमन्दिर निर्माणका नाममा सरकारले ठूलो बजेट खर्च गर्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटसँग सम्बन्धित कार्यक्रम पुस्तिकामा पर्यटन क्षेत्रको विकासका लागि विनियोजन गरेको बजेटबाट ती मन्दिरहरु निर्माणका लागि बजेट विनयोजन गरिएको छ ।

प्रदेश सरकारको पर्यटन गुरुयोजनाले पर्यटनस्तरका ठूला मन्दिरमा लगानी गर्ने उल्लेख भए पनि त्यसको व्यवास्ता गर्दै पर्यटन क्षेत्रको बजेट स–साना मन्दिरका योजनामा राखिएको छ ।

कुलदेवतादेखि स्कूलको मन्दिर, चर्च, गुम्बा निर्माण गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रतियोजना १० देखि २० लाख रुपैयाँ विनियोजन गरेको छ । यसले गर्दा प्रदेशमा टुक्रे योजनाको चाङ लागेको भने मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणका क्रममा तय गरेको चार बुँदे आधारलाई समेत उल्लङ्घन गरेको छ । 

मुख्यमन्त्री शाहले प्रदेशका मन्त्रालय र मातहतका कार्यालयले २५ लाख रुपैयाँभन्दा बढी लागतका योजना बनाउने र सोभन्दा कम लागतका योजना राख्नु परे त्यस्ता योजना स्थानीय तहलाई हस्तान्तरण हुने गरी बजेट राख्नेसहित चार बुँदे आधार तयार गरेका थिए । 

मन्दिरका योजनाहरु उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले कार्यान्वयन गर्ने गरी विनियोजन गरिएको छ ।

यसअघि, पनि पर्यटन विकासका लागि विनियोजन गरेको ठूलो बजेट मठमन्दिर निर्माणमा खर्च हुँदै आएको थियो । मन्दिरका योजनामा करोडौँ रकम खर्च हुने गरेको भन्दै विरोध भएपछि गत वर्ष मन्दिर निर्माणका योजना कम राखिएको थियो । यस वर्ष भने मन्दिर निर्माणका योजनाले पनि बजेटमा प्राथमिकता पाएको छ । 

प्रतिक्रिया