Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रदेश सरकारको बजेट : फेरि दुई सयभन्दा बढी मन्दिरका योजनामा खन्याइयो बजेट

प्रदेश सरकारको बजेट : फेरि  दुई सयभन्दा बढी मन्दिरका योजनामा खन्याइयो बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सानाठूला गरी साढे दुई सयभन्दा बढी मठमन्दिर मन्दिर निर्माण गर्ने भएको छ । विगतमा जस्तै आगामी वर्ष पनि मठमन्दिर निर्माणका नाममा सरकारले ठूलो बजेट खर्च गर्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटसँग सम्बन्धित कार्यक्रम पुस्तिकामा पर्यटन क्षेत्रको विकासका लागि विनियोजन गरेको बजेटबाट ती मन्दिरहरु निर्माणका लागि बजेट विनयोजन गरिएको छ ।

प्रदेश सरकारको पर्यटन गुरुयोजनाले पर्यटनस्तरका ठूला मन्दिरमा लगानी गर्ने उल्लेख भए पनि त्यसको व्यवास्ता गर्दै पर्यटन क्षेत्रको बजेट स–साना मन्दिरका योजनामा राखिएको छ ।

कुलदेवतादेखि स्कूलको मन्दिर, चर्च, गुम्बा निर्माण गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रतियोजना १० देखि २० लाख रुपैयाँ विनियोजन गरेको छ । यसले गर्दा प्रदेशमा टुक्रे योजनाको चाङ लागेको भने मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणका क्रममा तय गरेको चार बुँदे आधारलाई समेत उल्लङ्घन गरेको छ । 

मुख्यमन्त्री शाहले प्रदेशका मन्त्रालय र मातहतका कार्यालयले २५ लाख रुपैयाँभन्दा बढी लागतका योजना बनाउने र सोभन्दा कम लागतका योजना राख्नु परे त्यस्ता योजना स्थानीय तहलाई हस्तान्तरण हुने गरी बजेट राख्नेसहित चार बुँदे आधार तयार गरेका थिए । 

मन्दिरका योजनाहरु उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले कार्यान्वयन गर्ने गरी विनियोजन गरिएको छ ।

यसअघि, पनि पर्यटन विकासका लागि विनियोजन गरेको ठूलो बजेट मठमन्दिर निर्माणमा खर्च हुँदै आएको थियो । मन्दिरका योजनामा करोडौँ रकम खर्च हुने गरेको भन्दै विरोध भएपछि गत वर्ष मन्दिर निर्माणका योजना कम राखिएको थियो । यस वर्ष भने मन्दिर निर्माणका योजनाले पनि बजेटमा प्राथमिकता पाएको छ । 

प्रतिक्रिया