Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिम प्रदेसको ३२ करोड बजेट मठमन्दिरमा, अछाममा मात्रै २ करोड ९५ लाख

सुदूरपश्चिम प्रदेसको ३२ करोड बजेट मठमन्दिरमा, अछाममा मात्रै  २ करोड ९५ लाख

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा मठमन्दिर, चर्चलगायत धार्मिक संरचना निर्माणका योजनामा ठूलो बजेट विनियोजन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री, सांसद र राजनीतिक नेता–कार्यकर्ताको पहुँच तथा सिफारिसका आधारमा करोडौँ रकम विनियोजन गरेको हो । 

प्रदेशका नौवटै जिल्लामा गरी मठमन्दिर, चर्च निर्माणका दुई सय चार वटा योजना बजेटमा परेका छन् । ती योजनामा ३२ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अधिकांश योजनामा १० लाख बजेट छ । सुदूरपश्चिमलाई देवभूमि मानिदै आएको छ । तर यसरी व्यक्ति केन्द्रीत र कार्यकर्तामुखी भएर ल्याइने मठमन्दिरका योजनाबाट यहाँको पर्यटन प्रवद्र्धनमा भने कुनै योगदान नपुग्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । 
सरकारले गत वर्षमात्र दुई सय २४ वटा मठमन्दिर र चर्चका योजनामा २४ करोड २९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । बजेटमा समावेश गरिएका धेरैजसो मठमन्दिरका योजना स्थानीय तहबाट माग भएर आएका भन्दा पनि मन्त्री र सांसदले सिफारिस गरेका हुन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन विकास कार्यान्वयन इकाइ कैलालीले मठमन्दिर निर्माणका योजनाहरु कार्यान्वयन गर्ने गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत समेत मन्दिर निर्माणका तीन वटा योजना राखिएका छन् ।

मठमन्दिर निर्माणका सबैभन्दा धेरै योजना र बजेट कैलालीमा छ । सरकारले कैलालीमा मठमन्दिर र चर्चका ६६ वटा योजनामा १२ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ । बर्दगोरिया गाउँपालिकामा मात्र तीन करोड ८४ लाख रुपैयाँ लागतका २१ वटा र लम्कीचुहा नगरपालिकामा तीन करोड १० लाख रुपैयाँ लागतका १४ वटा मठमन्दिर तथा चर्च निर्माणका योजना परेका छन् ।

त्यस्तै बैतडीमा मठमन्दिर निर्माणका ३० वटा योजनामा पाँच करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कञ्चनपुरमा २८ वटा मठमन्दिर र चर्च निर्माणका योजना बजेटमा परेका छन् । ती योजनामा तीन करोड २८ लाख बजेट छुट्याइएको छ ।

अछाममा २१ वटा मठमन्दिर तथा चर्च निर्माणका योजनामा दुई करोड ९५ लाख, डोटीमा १८ वटा योजनामा तीन करोड ५० लाख र बझाङमा मठमन्दिर तथा चर्च निर्माणका १५ वटा योजनामा एक करोड ४६ लाख बजेट राखिएको छ ।

डडेल्धुरा र दार्चुला १३ र ८ वटा मन्दिर निर्माणका योजना परेका छन् । यी योजनामा क्रमशः एक करोड ६० लाख र एक करोड ३५ लाख बजेट छुट्याइएको छ । मठमन्दिर निर्माणका सबैभन्दा कम बजेट र योजना बाजुरामा छन् । बाजुरामा मठमन्दिरका पाँच वटा योेजनामा ६३ लाख रुपैयाँ बजेट छ । 

मठमन्दिरका नाममा हरेक वर्ष प्रदेश सरकारले लाखौँ रुपैयाँ बजेट अनुत्पादक क्षेत्रमा खर्च गरिरहेको भन्दै आलोचन हुँदै आएको छ । तर मठमन्दिर निर्माणका योजनामा बजेट विनियोजन हुन भने छोडेको छैन । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी बिष्ट व्यक्ति र कार्यकर्ता केन्द्रीत गरेर ल्याइएका मठमन्दिर निर्माणका योजनाले कुनै प्रतिफल नदिने बताउँछिन् । स–साना मठमन्दिर निर्माण गरेर प्रदेशको पर्यटन प्रवद्र्धन नपुग्ने उनको भनाइ छ । ‘मठमन्दिरका योजनामा बजेटनै विनियोजन गरिनु हुँदैन भन्ने होइन’ बिष्टले भनिन्, ‘पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने ठूला योजनामा निश्चित मापदण्ड बनाएर लगानी गर्नुपर्छ ।’

नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले मठमन्दिर निर्माणमा करोडौँ बजेट छुट्याइनु अनुत्पादक र औचित्यहिन भएको बताए । प्रदेशको बजेट मन्त्री र सांसदका वरिपरी घुमेको उनले टीप्पणी गरे । ‘बजेट अनुत्पादक भयो । साना योजना स्थानीय तहलाई दिनुपर्ने हो तर प्रदेशले गरिरहेको छ’ अध्यक्ष ढुङ्गानाले भने ।

प्रतिक्रिया