Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम प्रदेसको ३२ करोड बजेट मठमन्दिरमा, अछाममा मात्रै २ करोड ९५ लाख

सुदूरपश्चिम प्रदेसको ३२ करोड बजेट मठमन्दिरमा, अछाममा मात्रै  २ करोड ९५ लाख

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा मठमन्दिर, चर्चलगायत धार्मिक संरचना निर्माणका योजनामा ठूलो बजेट विनियोजन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री, सांसद र राजनीतिक नेता–कार्यकर्ताको पहुँच तथा सिफारिसका आधारमा करोडौँ रकम विनियोजन गरेको हो । 

प्रदेशका नौवटै जिल्लामा गरी मठमन्दिर, चर्च निर्माणका दुई सय चार वटा योजना बजेटमा परेका छन् । ती योजनामा ३२ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अधिकांश योजनामा १० लाख बजेट छ । सुदूरपश्चिमलाई देवभूमि मानिदै आएको छ । तर यसरी व्यक्ति केन्द्रीत र कार्यकर्तामुखी भएर ल्याइने मठमन्दिरका योजनाबाट यहाँको पर्यटन प्रवद्र्धनमा भने कुनै योगदान नपुग्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । 
सरकारले गत वर्षमात्र दुई सय २४ वटा मठमन्दिर र चर्चका योजनामा २४ करोड २९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । बजेटमा समावेश गरिएका धेरैजसो मठमन्दिरका योजना स्थानीय तहबाट माग भएर आएका भन्दा पनि मन्त्री र सांसदले सिफारिस गरेका हुन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन विकास कार्यान्वयन इकाइ कैलालीले मठमन्दिर निर्माणका योजनाहरु कार्यान्वयन गर्ने गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत समेत मन्दिर निर्माणका तीन वटा योजना राखिएका छन् ।

मठमन्दिर निर्माणका सबैभन्दा धेरै योजना र बजेट कैलालीमा छ । सरकारले कैलालीमा मठमन्दिर र चर्चका ६६ वटा योजनामा १२ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ । बर्दगोरिया गाउँपालिकामा मात्र तीन करोड ८४ लाख रुपैयाँ लागतका २१ वटा र लम्कीचुहा नगरपालिकामा तीन करोड १० लाख रुपैयाँ लागतका १४ वटा मठमन्दिर तथा चर्च निर्माणका योजना परेका छन् ।

त्यस्तै बैतडीमा मठमन्दिर निर्माणका ३० वटा योजनामा पाँच करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कञ्चनपुरमा २८ वटा मठमन्दिर र चर्च निर्माणका योजना बजेटमा परेका छन् । ती योजनामा तीन करोड २८ लाख बजेट छुट्याइएको छ ।

अछाममा २१ वटा मठमन्दिर तथा चर्च निर्माणका योजनामा दुई करोड ९५ लाख, डोटीमा १८ वटा योजनामा तीन करोड ५० लाख र बझाङमा मठमन्दिर तथा चर्च निर्माणका १५ वटा योजनामा एक करोड ४६ लाख बजेट राखिएको छ ।

डडेल्धुरा र दार्चुला १३ र ८ वटा मन्दिर निर्माणका योजना परेका छन् । यी योजनामा क्रमशः एक करोड ६० लाख र एक करोड ३५ लाख बजेट छुट्याइएको छ । मठमन्दिर निर्माणका सबैभन्दा कम बजेट र योजना बाजुरामा छन् । बाजुरामा मठमन्दिरका पाँच वटा योेजनामा ६३ लाख रुपैयाँ बजेट छ । 

मठमन्दिरका नाममा हरेक वर्ष प्रदेश सरकारले लाखौँ रुपैयाँ बजेट अनुत्पादक क्षेत्रमा खर्च गरिरहेको भन्दै आलोचन हुँदै आएको छ । तर मठमन्दिर निर्माणका योजनामा बजेट विनियोजन हुन भने छोडेको छैन । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी बिष्ट व्यक्ति र कार्यकर्ता केन्द्रीत गरेर ल्याइएका मठमन्दिर निर्माणका योजनाले कुनै प्रतिफल नदिने बताउँछिन् । स–साना मठमन्दिर निर्माण गरेर प्रदेशको पर्यटन प्रवद्र्धन नपुग्ने उनको भनाइ छ । ‘मठमन्दिरका योजनामा बजेटनै विनियोजन गरिनु हुँदैन भन्ने होइन’ बिष्टले भनिन्, ‘पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने ठूला योजनामा निश्चित मापदण्ड बनाएर लगानी गर्नुपर्छ ।’

नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले मठमन्दिर निर्माणमा करोडौँ बजेट छुट्याइनु अनुत्पादक र औचित्यहिन भएको बताए । प्रदेशको बजेट मन्त्री र सांसदका वरिपरी घुमेको उनले टीप्पणी गरे । ‘बजेट अनुत्पादक भयो । साना योजना स्थानीय तहलाई दिनुपर्ने हो तर प्रदेशले गरिरहेको छ’ अध्यक्ष ढुङ्गानाले भने ।

प्रतिक्रिया