Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डडेल्धुराको स्याउलेमा चक्काजाम, सात पहाडी जिल्लामा आवतजावत ठप्प

डडेल्धुराको स्याउलेमा चक्काजाम, सात पहाडी जिल्लामा आवतजावत ठप्प

डडेल्धुराको स्याउले बजारमा चक्काजाम हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाबाट आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन् ।

कैलाली कारागारमा कैदीबन्दी रहेका डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको रहस्यमय मृत्यु भएपछि न्याय माग्दै चक्काजाम गरिएको हो ।

कैलाली जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउपछिको दुई दिनभित्रै असार २ गते उनको मृत्यु भएको थियो ।

पालीको परिवार र स्थानीय संघसंस्थाहरूले प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । मृतकका आफन्तहरूले पालीमाथि नियोजित यातना भएको र प्रहरीले पटकपटक रकम मागेको बताएका छन् ।

डडेल्धुराका स्थानीय, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, नागरिक समाज लगायतका संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा दोषी प्रहरी र जिम्मेवार निकायविरुद्ध कडा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रहरीका अनुसार पालीको मृत्यु स्वास्थ्य समस्या कारण भएको दाबी गरिएको छ । तर, मृतकको शरीरमा देखिएका चोटपटक, रगत बगेको र सिसिटिभी फुटेज नहुनुले शंका बढाएको मृतकका आफन्तको आरोप छ । आफन्तहरूले दोषीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन् ।

प्रतिक्रिया