Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

अछाम, साँफेबगर — स्थानीय तहमा स्वास्थ्य सेवा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण, पूर्ण खोप सुनिश्चितता, दिगोपन तथा सूक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवर्द्धन कार्यक्रम अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा विभिन्न वडाबाट स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन स्थानीय सरकार दृढ रहेको बताउनु भयो। उहाँले भन्नुभयो, "हामी नगरवासीको स्वास्थ्य सुरक्षालाई सबैभन्दा पहिलो प्राथमिकता दिन्छौं। नियमित खोप, सरसफाई तथा दिगोपन सुनिश्चितता बिना समृद्ध समाज सम्भव छैन।" त्यसै गरी स्वस्थ नागरिक बिना समृद्ध नगर कल्पना गर्न नसकिने पनि नगर प्रमुख कुँवरले बताउनु भयो 

विशिष्ट अतिथि स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले नियमित खोप कार्यक्रमले बालबालिका र मातृ मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई योजनाबद्ध रूपमा सेवा विस्तार गर्न आग्रह गर्नुभयो।स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले कार्यक्रमको उद्देश्य, आवश्यकता र आगामी कार्यदिशा प्रस्तुत गर्दै सहभागीलाई सक्रिय सहभागिता जनाउन आग्रह सहित स्वागत मन्तव्य सहित सहभागिहरुलाई स्वागत गर्नुभएको थियो । प्राविधिक सत्रमा खोपको शृङ्खला व्यवस्थापन, दिगोपन सुनिश्चितता, अभिलेख अद्यावधिक, जनचेतना अभिवृद्धि, सरसफाई र पोषणसम्बन्धी विषयवस्तुमा विस्तृत प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका नरेश रावतले गर्नुभएको थियो। नगरपालिकाका १४ वटै वडाबाट २-२ जना स्वास्थ्यकर्मीहरू सहभागी रहेको कार्यक्रममा खोप कार्यान्वयनका चुनौती, समाधानका उपाय, दीगो स्वास्थ्य योजना निर्माण, सरसफाई प्रवर्द्धन, अभिलेख व्यवस्थापन र अनुगमन प्रणालीबारे विस्तृत छलफल गरिएको थियो।

प्राविधिक सत्रमा सहभागीहरूले स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगाना बाट खोप भण्डारण तथा व्यवस्थापन, सुरक्षित खोप सेवा प्रवाह, निगरानी तथा मूल्यांकन, दिगोपन कायम गर्न आवश्यक स्रोत परिचालन, समुदायस्तरमा जनचेतना अभिवृद्धि र सरसफाईका नविनतम प्रविधि र अभ्यासहरूमा प्रशिक्षण प्राप्त गरेका थिए। कार्यक्रमको समापनमा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरले सबै सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया