Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

अछाम, साँफेबगर — स्थानीय तहमा स्वास्थ्य सेवा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण, पूर्ण खोप सुनिश्चितता, दिगोपन तथा सूक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवर्द्धन कार्यक्रम अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा विभिन्न वडाबाट स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन स्थानीय सरकार दृढ रहेको बताउनु भयो। उहाँले भन्नुभयो, "हामी नगरवासीको स्वास्थ्य सुरक्षालाई सबैभन्दा पहिलो प्राथमिकता दिन्छौं। नियमित खोप, सरसफाई तथा दिगोपन सुनिश्चितता बिना समृद्ध समाज सम्भव छैन।" त्यसै गरी स्वस्थ नागरिक बिना समृद्ध नगर कल्पना गर्न नसकिने पनि नगर प्रमुख कुँवरले बताउनु भयो 

विशिष्ट अतिथि स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले नियमित खोप कार्यक्रमले बालबालिका र मातृ मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई योजनाबद्ध रूपमा सेवा विस्तार गर्न आग्रह गर्नुभयो।स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले कार्यक्रमको उद्देश्य, आवश्यकता र आगामी कार्यदिशा प्रस्तुत गर्दै सहभागीलाई सक्रिय सहभागिता जनाउन आग्रह सहित स्वागत मन्तव्य सहित सहभागिहरुलाई स्वागत गर्नुभएको थियो । प्राविधिक सत्रमा खोपको शृङ्खला व्यवस्थापन, दिगोपन सुनिश्चितता, अभिलेख अद्यावधिक, जनचेतना अभिवृद्धि, सरसफाई र पोषणसम्बन्धी विषयवस्तुमा विस्तृत प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका नरेश रावतले गर्नुभएको थियो। नगरपालिकाका १४ वटै वडाबाट २-२ जना स्वास्थ्यकर्मीहरू सहभागी रहेको कार्यक्रममा खोप कार्यान्वयनका चुनौती, समाधानका उपाय, दीगो स्वास्थ्य योजना निर्माण, सरसफाई प्रवर्द्धन, अभिलेख व्यवस्थापन र अनुगमन प्रणालीबारे विस्तृत छलफल गरिएको थियो।

प्राविधिक सत्रमा सहभागीहरूले स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगाना बाट खोप भण्डारण तथा व्यवस्थापन, सुरक्षित खोप सेवा प्रवाह, निगरानी तथा मूल्यांकन, दिगोपन कायम गर्न आवश्यक स्रोत परिचालन, समुदायस्तरमा जनचेतना अभिवृद्धि र सरसफाईका नविनतम प्रविधि र अभ्यासहरूमा प्रशिक्षण प्राप्त गरेका थिए। कार्यक्रमको समापनमा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरले सबै सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया