Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०३ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

साँफेबगर नगरपालिकामा विद्यालयस्तरिय पोषण, स्वास्थ्य र किशोरी सशक्तीकरण सम्बन्धी महत्त्वपूर्ण गोष्ठी सम्पन्न भएको छ। शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम स्वास्थ्य शाखा र शिक्षा, युवा तथा खेलकुद शाखाको सहजिकरणमा सम्पन्न भएको हो।

गोष्ठीमा पालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षिका हरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता र प्रशिक्षण साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणनाथ योगीले गर्नुभएको थियो ।

प्रमुख योगीले पोषण सप्ताह, विद्यालय स्वास्थ्य कार्यक्रम र किशोरी आयरन चक्की वितरण कार्यक्रमको प्रभाव र महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले विद्यालयस्तरमै विद्यार्थीहरुमा स्वास्थ्य चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विशेषगरी किशोरीहरुमा आइरन चक्कीको नियमित सेवनले दीर्घकालीन स्वास्थ्य समस्याहरु न्यूनीकरण गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत नियमित स्वास्थ्य परीक्षण, पोषण शिक्षा, सरसफाइ प्रवर्द्धन, किशोरीहरुमा पोषणजन्य समस्याको पहिचान र व्यवस्थापन लगायतका विषयमा विस्तृत प्रशिक्षण र छलफल गरिएको थियो ।

सहभागी शिक्षक शिक्षिकाहरुले यस्ता कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै शिक्षकहरु स्वयंको पनि ज्ञान र क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिएका थिए।

साँफेबगर नगरपालिकाले आगामी दिनहरुमा अझ प्रभावकारी ढंगमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया