Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

साँफेबगर नगरपालिकामा विद्यालयस्तरिय पोषण, स्वास्थ्य र किशोरी सशक्तीकरण सम्बन्धी महत्त्वपूर्ण गोष्ठी सम्पन्न भएको छ। शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम स्वास्थ्य शाखा र शिक्षा, युवा तथा खेलकुद शाखाको सहजिकरणमा सम्पन्न भएको हो।

गोष्ठीमा पालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षिका हरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता र प्रशिक्षण साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणनाथ योगीले गर्नुभएको थियो ।

प्रमुख योगीले पोषण सप्ताह, विद्यालय स्वास्थ्य कार्यक्रम र किशोरी आयरन चक्की वितरण कार्यक्रमको प्रभाव र महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले विद्यालयस्तरमै विद्यार्थीहरुमा स्वास्थ्य चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विशेषगरी किशोरीहरुमा आइरन चक्कीको नियमित सेवनले दीर्घकालीन स्वास्थ्य समस्याहरु न्यूनीकरण गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत नियमित स्वास्थ्य परीक्षण, पोषण शिक्षा, सरसफाइ प्रवर्द्धन, किशोरीहरुमा पोषणजन्य समस्याको पहिचान र व्यवस्थापन लगायतका विषयमा विस्तृत प्रशिक्षण र छलफल गरिएको थियो ।

सहभागी शिक्षक शिक्षिकाहरुले यस्ता कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै शिक्षकहरु स्वयंको पनि ज्ञान र क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिएका थिए।

साँफेबगर नगरपालिकाले आगामी दिनहरुमा अझ प्रभावकारी ढंगमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया