Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

युवा सजगता अभियान अछामको संयोजकमा पत्रकार भण्डारी

युवा सजगता अभियान अछामको  संयोजकमा पत्रकार भण्डारी

भदौ १४,अछाम
 युवा सजगता अभियान अछामको  संयोजकमा पत्रकार सुशील भण्डारी  चयन भएका छन् ।
नेपाल प्रेस युनियन अछामका सचीव एवम् सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशकसमेत रहेका भण्डारीलाई अभियानको संयोजकमा चयन गरिएको हो ।
अभियानले विभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गर्ने क्रममा अछाम  जिल्ला संयोजकको जिम्मेवारी भण्डारीलाई प्रदान गरेको हो ।
जिल्ला संयोजकको नेतृत्व पाएका भण्डारीले  छिट्टै जिल्लामा संगठन विस्तार गर्ने बताएका छन् । उनले कोरोना महामारी सहज भएपछि युवाहरूलाई सामाजिक कार्यमा अग्रसर गरि रचनात्मक क्रियाकलापहरु गर्ने,युवाका लागि वैचारिक विकास, क्षमता तथा नेतृत्व अभिवृृद्धिका लागि विभिन्न कार्यक्रमहरु चलाउने बताएका छन् ।
युवा सजगता अभियानले  देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ । अभियानको केन्द्रीय अध्यक्ष चिन्तन पौडेल रहेका छन् ।                                      

केही दिन पहिले मात्रै सुदूरपश्चिम प्रदेश संयोजकमा भुवन भट्ट लाई चयन गरेको अभियानले आज सुदूरपश्चिम प्रदेशका जिल्लाहरुको संयोजकको टुंगो लगाएको हो । जसमा कंचनपुर जिल्लाको  जिल्लाको संयोजक शंकर उपाध्याय,डोटीमा बम बहादुर कठायत,कैलाली रघुराज उपाध्याय,डडेल्धुरा सोहन गौराल,बैतडी मोहनसिंह बिष्ट ,बझाङ भरत भण्डारी,बाजुरा  हिरेन्द्र बहादुर रोकाया र अछाम जिल्लाको संयोजकमा सुशील भण्डारी चयन भएका हुन् ।
 

प्रतिक्रिया