Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

युवा सजगता अभियान अछामको संयोजकमा पत्रकार भण्डारी

युवा सजगता अभियान अछामको  संयोजकमा पत्रकार भण्डारी

भदौ १४,अछाम
 युवा सजगता अभियान अछामको  संयोजकमा पत्रकार सुशील भण्डारी  चयन भएका छन् ।
नेपाल प्रेस युनियन अछामका सचीव एवम् सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशकसमेत रहेका भण्डारीलाई अभियानको संयोजकमा चयन गरिएको हो ।
अभियानले विभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गर्ने क्रममा अछाम  जिल्ला संयोजकको जिम्मेवारी भण्डारीलाई प्रदान गरेको हो ।
जिल्ला संयोजकको नेतृत्व पाएका भण्डारीले  छिट्टै जिल्लामा संगठन विस्तार गर्ने बताएका छन् । उनले कोरोना महामारी सहज भएपछि युवाहरूलाई सामाजिक कार्यमा अग्रसर गरि रचनात्मक क्रियाकलापहरु गर्ने,युवाका लागि वैचारिक विकास, क्षमता तथा नेतृत्व अभिवृृद्धिका लागि विभिन्न कार्यक्रमहरु चलाउने बताएका छन् ।
युवा सजगता अभियानले  देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ । अभियानको केन्द्रीय अध्यक्ष चिन्तन पौडेल रहेका छन् ।                                      

केही दिन पहिले मात्रै सुदूरपश्चिम प्रदेश संयोजकमा भुवन भट्ट लाई चयन गरेको अभियानले आज सुदूरपश्चिम प्रदेशका जिल्लाहरुको संयोजकको टुंगो लगाएको हो । जसमा कंचनपुर जिल्लाको  जिल्लाको संयोजक शंकर उपाध्याय,डोटीमा बम बहादुर कठायत,कैलाली रघुराज उपाध्याय,डडेल्धुरा सोहन गौराल,बैतडी मोहनसिंह बिष्ट ,बझाङ भरत भण्डारी,बाजुरा  हिरेन्द्र बहादुर रोकाया र अछाम जिल्लाको संयोजकमा सुशील भण्डारी चयन भएका हुन् ।
 

प्रतिक्रिया