Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

साँफेबगर नगरपालिका–७ रिडिकोटमा बासीरुख बृहत् खानेपानी योजना अन्तर्गत डिप बोरिङ हान्ने कार्य औपचारिक रूपमा सुरू गरिएको छ। संघीय खानेपानी तथा ढल निकास कार्यालय धनगढीबाट ठेक्का प्रक्रिया पूरा गरी ३० लाख रुपैयाँको लागतमा यो योजना अगाडि बढाइएको हो।

योजनाको सिलान्यास नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र पूर्व जिल्ला विकास समिति (जिविस) सभापति भरत कुमार स्वाँरले संयुक्त रूपमा गरेका हुन्। सिलान्यासपश्चात् औपचारिक रूपमा डिप बोरिङको कार्य प्रारम्भ भएको छ, जसले स्थानीयवासीलाई वर्षौंदेखि झेल्दै आएको खानेपानी अभावबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिक्मत कडायत, निवर्तमान वडा अध्यक्ष मिठ्ठु सिंह भाट, नेपाली कांग्रेस अछामका जिल्ला कार्यसमिति सदस्य गोकुल भाट, राम बहादुर कुँवरलगायत स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख कुँवरले कार्यक्रममा बोल्दै खानेपानी पहुँचलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गरे। उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न नगर सरकार प्रतिबद्ध रहेको बताए। त्यस्तै, पूर्व सभापति स्वाँरले खानेपानीजस्तो जीवनका लागि अत्यावश्यक सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।

डिप बोरिङपछि पानीको स्रोत परीक्षण, ट्यांकी निर्माण र वितरण प्रणाली निर्माणजस्ता कार्य पनि चरणबद्ध रूपमा अघि बढाइने जनाइएको छ। स्थानीयवासीले योजना सफल कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन्।

रिडिकोट क्षेत्र खानेपानीको अभावबाट सबैभन्दा बढी प्रभावितमध्ये एक क्षेत्र मानिन्छ। योजना सम्पन्न भएपछि यहाँका सयौं घरधुरीले सुरक्षित र नियमित खानेपानी सेवा प्राप्त गर्नेछन् भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया