Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

साँफेबगर नगरपालिका–७ रिडिकोटमा बासीरुख बृहत् खानेपानी योजना अन्तर्गत डिप बोरिङ हान्ने कार्य औपचारिक रूपमा सुरू गरिएको छ। संघीय खानेपानी तथा ढल निकास कार्यालय धनगढीबाट ठेक्का प्रक्रिया पूरा गरी ३० लाख रुपैयाँको लागतमा यो योजना अगाडि बढाइएको हो।

योजनाको सिलान्यास नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र पूर्व जिल्ला विकास समिति (जिविस) सभापति भरत कुमार स्वाँरले संयुक्त रूपमा गरेका हुन्। सिलान्यासपश्चात् औपचारिक रूपमा डिप बोरिङको कार्य प्रारम्भ भएको छ, जसले स्थानीयवासीलाई वर्षौंदेखि झेल्दै आएको खानेपानी अभावबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिक्मत कडायत, निवर्तमान वडा अध्यक्ष मिठ्ठु सिंह भाट, नेपाली कांग्रेस अछामका जिल्ला कार्यसमिति सदस्य गोकुल भाट, राम बहादुर कुँवरलगायत स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख कुँवरले कार्यक्रममा बोल्दै खानेपानी पहुँचलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गरे। उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न नगर सरकार प्रतिबद्ध रहेको बताए। त्यस्तै, पूर्व सभापति स्वाँरले खानेपानीजस्तो जीवनका लागि अत्यावश्यक सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।

डिप बोरिङपछि पानीको स्रोत परीक्षण, ट्यांकी निर्माण र वितरण प्रणाली निर्माणजस्ता कार्य पनि चरणबद्ध रूपमा अघि बढाइने जनाइएको छ। स्थानीयवासीले योजना सफल कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन्।

रिडिकोट क्षेत्र खानेपानीको अभावबाट सबैभन्दा बढी प्रभावितमध्ये एक क्षेत्र मानिन्छ। योजना सम्पन्न भएपछि यहाँका सयौं घरधुरीले सुरक्षित र नियमित खानेपानी सेवा प्राप्त गर्नेछन् भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया