Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडमा गर्भवती आमा सुरक्षा पोषण सामग्री वितरण तथा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडाको आयोजनामा सम्पन्न कार्यक्रमले मातृस्वास्थ्य, पोषण र स्थानीयस्तरमा महिलाको सक्रिय भूमिकालाई सशक्त बनाउने उद्देश्य राखेको थियो।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान वडा अध्यक्ष प्रकाश राना रहेका थिए भने अध्यक्षता वडा नं १२ का वर्तमान वडा अध्यक्ष जनक कडायतले गरेका थिए। विशिष्ट अतिथि रूपमा नेकपा एमालेका नेता श्याम रावल र तुका माविका प्रधानाध्यापक हस्त बहादुर कडायत सहभागी थिए। कार्यक्रममा वडा सदस्य पूजा ओड विश्वकर्माले स्वागत मन्तव्य दिएकी थिइन् भने सामाजिक सहजकर्ता दिनेश बिकले सञ्चालन गरेका थिए।

स्वास्थ्यसम्बन्धी जानकारी सिनीयर अनमी शारदा रानाले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा १० जना गर्भवती आमा र १६ जना ‘सुनौला १००० दिने’ आमालाई पोषणयुक्त सामग्री वितरण गरिएको थियो। साथै, ९ जना महिला स्वास्थ्य स्वयंसेविका, १ जना समुदाय स्वास्थ्य कार्यकर्ता र ९ वटा आमा समूहलाई नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जनक कडायतले गर्भवती आमा र सुत्केरी महिलाहरूको पोषण सुरक्षामा स्थानीय सरकारको दायित्व महत्वपूर्ण हुने भन्दै यस्ता कार्यक्रमहरूले समुदायमा सचेतना बढाउने र महिला स्वास्थ्यमाथि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भने, “हामीले स्वास्थ्य सेवा र पोषणमा लगानी गर्नु भनेको हाम्रो भविष्यमा लगानी गर्नु हो। महिला स्वयंसेविका र आमा समूहहरूको सक्रियता बिना समुदायको समग्र स्वास्थ्य सुधार सम्भव छैन। उनीहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो।”

कार्यक्रमले मातृ र शिशु स्वास्थ्यप्रति स्थानीय सरकारको प्रतिबद्धता र महिला स्वावलम्बनमा सशक्त भूमिका खेल्ने व्यक्तित्वहरूलाई प्रोत्साहन गरेको आयोजकको भनाइ छ।

प्रतिक्रिया