Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडमा गर्भवती आमा सुरक्षा पोषण सामग्री वितरण तथा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडाको आयोजनामा सम्पन्न कार्यक्रमले मातृस्वास्थ्य, पोषण र स्थानीयस्तरमा महिलाको सक्रिय भूमिकालाई सशक्त बनाउने उद्देश्य राखेको थियो।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान वडा अध्यक्ष प्रकाश राना रहेका थिए भने अध्यक्षता वडा नं १२ का वर्तमान वडा अध्यक्ष जनक कडायतले गरेका थिए। विशिष्ट अतिथि रूपमा नेकपा एमालेका नेता श्याम रावल र तुका माविका प्रधानाध्यापक हस्त बहादुर कडायत सहभागी थिए। कार्यक्रममा वडा सदस्य पूजा ओड विश्वकर्माले स्वागत मन्तव्य दिएकी थिइन् भने सामाजिक सहजकर्ता दिनेश बिकले सञ्चालन गरेका थिए।

स्वास्थ्यसम्बन्धी जानकारी सिनीयर अनमी शारदा रानाले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा १० जना गर्भवती आमा र १६ जना ‘सुनौला १००० दिने’ आमालाई पोषणयुक्त सामग्री वितरण गरिएको थियो। साथै, ९ जना महिला स्वास्थ्य स्वयंसेविका, १ जना समुदाय स्वास्थ्य कार्यकर्ता र ९ वटा आमा समूहलाई नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जनक कडायतले गर्भवती आमा र सुत्केरी महिलाहरूको पोषण सुरक्षामा स्थानीय सरकारको दायित्व महत्वपूर्ण हुने भन्दै यस्ता कार्यक्रमहरूले समुदायमा सचेतना बढाउने र महिला स्वास्थ्यमाथि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भने, “हामीले स्वास्थ्य सेवा र पोषणमा लगानी गर्नु भनेको हाम्रो भविष्यमा लगानी गर्नु हो। महिला स्वयंसेविका र आमा समूहहरूको सक्रियता बिना समुदायको समग्र स्वास्थ्य सुधार सम्भव छैन। उनीहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो।”

कार्यक्रमले मातृ र शिशु स्वास्थ्यप्रति स्थानीय सरकारको प्रतिबद्धता र महिला स्वावलम्बनमा सशक्त भूमिका खेल्ने व्यक्तित्वहरूलाई प्रोत्साहन गरेको आयोजकको भनाइ छ।

प्रतिक्रिया