Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट

बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट

बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले बैद्यनाथ धाम–रिडिकोट जोड्ने झुलङ्गे पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले  सिंगारिएको छ। हालै सम्पन्न साजसज्जा कार्यपछि यहाँ फोटो खिचाउने तथा टिकटक भिडियो बनाउने युवायुवतीहरूको घुइँचो लाग्न थालेको छ।

पुल भरी दुबै किनार सम्म ९४ हजार रुपैयाँको लागतमा नेपालका राष्ट्रिय झण्डासँगै हिन्दू संस्कृति झल्काउने धार्मिक झण्डाहरू सजाइएको छन्। यसले पुलमा आस्थाको रंग थपेको छ भने, सौन्दर्यले पर्यटकको मन लोभ्याएको छ। पुलमा आधी झण्डा लगाउने कार्य सम्पन्न भए पनि आधी झण्डा लगाउन बाँकी रहेको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी भरत कुँवरले बताए।

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोकुल भाटकार्यकारी भरत कुँवरको अगुवाइमा गरिएको उक्त पहल स्थानीय स्तरमै पर्यटन प्रवर्द्धनको उदाहरणीय अभ्यास बनेको छ। उनीहरूले स्थानीय स्रोत, संस्कृति र सम्भावनालाई उजागर गर्दै गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्य राखेर यो कार्यक्रम अघि बढाइएको बताएका छन्।

“हामीले छोटो समयमै ठूलो जनसहभागिता देख्यौं। फोटो, भिडियो र सामाजिक सञ्जालमार्फत यहाँको प्रचार भइरहेको छ, जसले बैद्यनाथ धाम क्षेत्रको पर्यटकीय भविष्य उज्यालो बनाउने आशा गरेका छौं,” अध्यक्ष भाटले बताए।

पुलमा आउने दर्शकहरूबाट सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ। टिकटक, फेसबुक, इन्स्टाग्राममा पुलसँग जोडिएका दृश्यहरू व्यापक रूपमा साझा भइरहेका छन्। यसले न केवल बैद्यनाथ धामलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा चिनाउन सहयोग गरिरहेको छ, स्थानीय होटल तथा पसल व्यवसायमा समेत उत्साह थपेको छ।

पारम्परिक धार्मिक झण्डा र राष्ट्रिय झण्डाको संयोजनले पुललाई धार्मिक तथा राष्ट्रिय एकताको प्रतीक पनि बनाएको छ। यही सन्देश लिएर वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले आगामी दिनमा अन्य स्थानहरूमा समेत यस्ता प्रचारात्मक अभियान विस्तार गर्ने योजना बनाएको छ।

बैद्यनाथ धाम–रिडिकोट जोड्ने झुलङ्गे पुल अब केवल आवतजावतको बाटो मात्र होइन, पर्यटकीय आकर्षण र सामाजिक संवादको केन्द्र बन्दै गएको छ।

प्रतिक्रिया