Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

विगत तीन वर्षदेखि निरन्तर गरिएको छलफल, समन्वय र तयारीपछि साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघ गठनको औपचारिक घोषणा  यही शुक्रबार  हुने बताइएको छ।

बुढिगंगा यातायात प्रालिका अध्यक्ष भरत खड्काले जानकारी दिँदै भने, “स्थानीय व्यवसायीहरूको लामो समयदेखि उठिरहेको माग र आवश्यकतालाई ध्यानमा राख्दै हामीले नगरस्तरको उद्योग वाणिज्य संघ गठन गर्न लागेका हौं। अब यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ।”

उनका अनुसार, संघ गठनले साँफेबगर नगरभित्रका साना तथा ठूला व्यापारी, उद्यमी, उत्पादनकर्ता र सेवा प्रदायकहरूबीच समन्वय, सहकार्य र सशक्त प्रतिनिधित्वको बाटो खुल्नेछ।

विगतमा वाणिज्यिक हितका सवालहरूमा एकीकृत आवाज नहुँदा व्यापारीहरू समस्यामा पर्दै आएका थिए। यस्ता चुनौतीहरू समाधान गर्न संघ उपयोगी माध्यम बन्ने विश्वास व्यवसायीहरूको छ।

सङ्घ गठनको लागि विभिन्न वडास्तरमा व्यवसायीहरूसँग छलफल, अवधारणापत्र निर्माण, प्रारम्भिक कार्यदल गठन, सुझाव संकलनलगायत चरणहरू पूरा गरिसकिएको छ। अब गठन प्रक्रियाको अन्तिम तयारी भइरहेको छ।

स्थानीय उद्योग तथा व्यापार क्षेत्रका विकास, व्यवसाय मैत्री नीतिगत वातावरणको माग र समृद्ध नगर निर्माणको अभियानमा संघले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

व्यवसायी तथा सरोकारवाला व्यक्तिहरूले यो पहललाई स्वागत गर्दै, साँफेबगरमा अब व्यवसायीक रूपान्तरण र सशक्त संगठनको आवश्यकता पूरा हुने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया