ताजा अपडेट
विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

विगत तीन वर्षदेखि निरन्तर गरिएको छलफल, समन्वय र तयारीपछि साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघ गठनको औपचारिक घोषणा यही शुक्रबार हुने बताइएको छ।
बुढिगंगा यातायात प्रालिका अध्यक्ष भरत खड्काले जानकारी दिँदै भने, “स्थानीय व्यवसायीहरूको लामो समयदेखि उठिरहेको माग र आवश्यकतालाई ध्यानमा राख्दै हामीले नगरस्तरको उद्योग वाणिज्य संघ गठन गर्न लागेका हौं। अब यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ।”
उनका अनुसार, संघ गठनले साँफेबगर नगरभित्रका साना तथा ठूला व्यापारी, उद्यमी, उत्पादनकर्ता र सेवा प्रदायकहरूबीच समन्वय, सहकार्य र सशक्त प्रतिनिधित्वको बाटो खुल्नेछ।
विगतमा वाणिज्यिक हितका सवालहरूमा एकीकृत आवाज नहुँदा व्यापारीहरू समस्यामा पर्दै आएका थिए। यस्ता चुनौतीहरू समाधान गर्न संघ उपयोगी माध्यम बन्ने विश्वास व्यवसायीहरूको छ।
सङ्घ गठनको लागि विभिन्न वडास्तरमा व्यवसायीहरूसँग छलफल, अवधारणापत्र निर्माण, प्रारम्भिक कार्यदल गठन, सुझाव संकलनलगायत चरणहरू पूरा गरिसकिएको छ। अब गठन प्रक्रियाको अन्तिम तयारी भइरहेको छ।
स्थानीय उद्योग तथा व्यापार क्षेत्रका विकास, व्यवसाय मैत्री नीतिगत वातावरणको माग र समृद्ध नगर निर्माणको अभियानमा संघले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
व्यवसायी तथा सरोकारवाला व्यक्तिहरूले यो पहललाई स्वागत गर्दै, साँफेबगरमा अब व्यवसायीक रूपान्तरण र सशक्त संगठनको आवश्यकता पूरा हुने आशा व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया