Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

अछाम जिल्ला, साँफेबगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आउनु भएका ५५ वर्षीय शिक्षक जगत बहादुर कुँवर आज बिहानदेखि सम्पर्क बिहिन भएका छन्। परिवारका अनुसार कुँवर आज बिहान ५ बजे मर्निङ वाक (बिहानको हिँडडुल) का लागि घरबाट निस्किनु भएको थियो तर सो समयपछि हालसम्म उहाँ घर फर्किनु भएको छैन र कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन।

परिवारका सदस्यले जानकारी दिएअनुसार उहाँको मोबाइल फोन र पर्स घरमै छुटेको अवस्थामा फेला परेको छ, जसले गर्दा कुँवरसँग सीधा सम्पर्क गर्न असम्भव भएको छ। सामान्यतया उहाँ हरेक बिहान स्वास्थ्य लाभको लागि हिँडडुल गर्नुहुन्थ्यो, तर आजको दिन अत्यधिक ढिलो भइसके पनि कुनै जानकारी नआएपछि परिवारका सदस्य अत्यन्तै चिन्तित बनेका छन ।

कसैलाई देखिएको वा जानकारी भएको खण्डमा तुरुन्त सम्पर्क गरिदिन आफन्तले सामाजिक संजाल मा अनुरोध गरेका छन ।

• छोरा: अनिल कुँवर – ☎️ ९८४३३६९१५८

• छोरा: युवराज कुँवर – ☎️ ९८५८०५५३३०

काठमाडौँ उपत्यकाभित्रका पार्क, सडक, मन्दिर, बसपार्क वा खुला स्थानहरूमा हिँडडुल गर्नेलाई यदि कुँवरलाई देख्नुभएको वा भेट्नुभएको छ भने तत्काल जानकारी गराइदिन परिवारजनको हार्दिक अनुरोध छ।

प्रतिक्रिया