Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

अछाम जिल्ला, साँफेबगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आउनु भएका ५५ वर्षीय शिक्षक जगत बहादुर कुँवर आज बिहानदेखि सम्पर्क बिहिन भएका छन्। परिवारका अनुसार कुँवर आज बिहान ५ बजे मर्निङ वाक (बिहानको हिँडडुल) का लागि घरबाट निस्किनु भएको थियो तर सो समयपछि हालसम्म उहाँ घर फर्किनु भएको छैन र कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन।

परिवारका सदस्यले जानकारी दिएअनुसार उहाँको मोबाइल फोन र पर्स घरमै छुटेको अवस्थामा फेला परेको छ, जसले गर्दा कुँवरसँग सीधा सम्पर्क गर्न असम्भव भएको छ। सामान्यतया उहाँ हरेक बिहान स्वास्थ्य लाभको लागि हिँडडुल गर्नुहुन्थ्यो, तर आजको दिन अत्यधिक ढिलो भइसके पनि कुनै जानकारी नआएपछि परिवारका सदस्य अत्यन्तै चिन्तित बनेका छन ।

कसैलाई देखिएको वा जानकारी भएको खण्डमा तुरुन्त सम्पर्क गरिदिन आफन्तले सामाजिक संजाल मा अनुरोध गरेका छन ।

• छोरा: अनिल कुँवर – ☎️ ९८४३३६९१५८

• छोरा: युवराज कुँवर – ☎️ ९८५८०५५३३०

काठमाडौँ उपत्यकाभित्रका पार्क, सडक, मन्दिर, बसपार्क वा खुला स्थानहरूमा हिँडडुल गर्नेलाई यदि कुँवरलाई देख्नुभएको वा भेट्नुभएको छ भने तत्काल जानकारी गराइदिन परिवारजनको हार्दिक अनुरोध छ।

प्रतिक्रिया