Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ७१ करोड १२ लाख ६६ हजार २ सय १ को बजेट सर्वसम्मत पारीत गरेको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको दोस्रो बैठकले साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर (शिलोज)ले प्रस्तुत गर्नु भएको उक्त बजेटमा छलफल गरीएपछि सर्बसम्मत पारीत गरेको हो ।

नगरपालिकाले संघीय सरकारको सशर्त, समानीकरण, विशेष र पूँजीगत अनुदानमार्फत करिब ४७ करोड २२ लाख रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ८२ लाख, र आन्तरिक आम्दानीबाट १ करोड १ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बाँकी रकम अन्य स्रोतहरूमार्फत व्यवस्थापन गरिने जनाइएको थियो ।

बजेटले विशेष रूपमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा जोड दिएको छ। शिक्षा क्षेत्रमा ३ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ भने, विद्यालय कर्मचारीका सेवा सुविधाका लागि थप १ करोड २५ लाख छुट्याइएको छ। स्वास्थ्य सेवा सुदृढीकरणका लागि ४ करोड रुपैयाँको बजेट तय गरिएको छ।

यस्तै, महिला सशक्तीकरण कार्यक्रमका लागि ३० लाख, सामाजिक सुरक्षा क्षेत्रका लागि ५ लाख, र खेलकुदको प्रवद्र्धनका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। विपन्न नागरिकलाई लक्षित राहत कार्यक्रममार्फत २० लाख रुपैयाँको व्यवस्था गरिएको छ।

पूर्वाधार विकास बजेटको अर्को महत्वपूर्ण अङ्ग बनेको छ। सडक, पुल तथा यातायातका संरचना विस्तारमा मात्रै १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। चार वटा वडा भवन निर्माणका लागि १ करोड ५० लाख, नगरपालिका भवन तथा सूचना प्रविधि सुधार, खानेपानी, सिंचाइ, लघु जलविद्युत जस्ता पूर्वाधारका लागि पनि उल्लेख्य बजेट छुट्याइएको छ।

कृषि, पशुपालन, पर्यटन तथा साना उद्योगको प्रवद्र्धनमा समेत बजेट छुट्याइएको छ। कृषि विकास कार्यक्रमका लागि २० लाख, पशुपालनमा १२ लाख, पर्यटन तथा साहित्य प्रवद्र्धनमा १० लाख, र साना तथा घरेलु उद्योग विस्तारमा १० लाख विनियोजन गरिएको छ। सहकारी कार्यक्रममार्फत समुदायमा समुन्नति ल्याउने उद्देश्यले थप ५ लाख छुट्याइएको छ।

नगरपालिकाले चालु खर्चतर्फ करिब १९ करोड ५० लाख र पुँजीगत खर्चतर्फ करिब २१ करोड ३० लाख विनियोजन गरेको छ। नगरप्रमुखका अनुसार बजेट निर्माणमा सहभागीता, पारदर्शिता र जवाफदेहितालाई विशेष ध्यान दिइएको छ।

साँफेबगर नगरपालिकाको यो बजेटले सामाजिक सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्यको गुणस्तर सुधार र विपन्न समुदायको उत्थानलाई प्राथमिकता दिएको छ। यो बजेटले स्थानीय तहमा विकासको गति तीव्र पार्ने अपेक्षा गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर बताउनुहुन्छ ।नगर प्रमुख कुँवरका अनुसार बजेट पारदर्शी, सहभागी र जनउत्तरदायी रूपमा कार्यान्वयन गरिनेछ, जसले नगरवासीको जीवनस्तरमा ठोस सुधार ल्याउनेछ।

साँफेवगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मा, नगर कार्यपालीकाका सदस्य , १४ वटै वडाका वडा अध्यक्ष ,वडा सदस्य लगाएतको सहभागीता रहेएको थियो ।

प्रतिक्रिया