Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न

साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न

साँफेबगर नगरपालिकाको न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरिएको ८ दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “दिगो शान्तिका लागि उत्कृष्ट सम्बन्ध” भन्ने नारासहित सञ्चालित तालिम २०८२ असार १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको हो।

तालिम सञ्चालन साँफेबगर नगरपालिका–४ स्थित बुढीगंगा होटलमा गरिएको थियो भने अन्तिम समापन कार्यक्रम साँफेबगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक शिब बहादुर कुँवर (शिलोज) ले गर्नुभयो भने प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो । कार्यक्रम कानुन शाखाका नृप बिक द्वारा संचालन गरिएको थियो।

कार्यक्रममा वडा तहका मेलमिलापकर्ता, न्यायिक समिति सदस्य, महिला अगुवा, स्थानीय सरोकारवालालगायतका सहभागीहरूलाई आवश्यक कानुनी ज्ञान, व्यवहारिक सीप र संवाद कला विकास गर्ने उद्देश्यले गरिएको तालिममा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका लोक बहादुर थापा, टंक बहादुर भण्डारी, त्रिपुरा गिरी तथा अछाम जिल्ला अदालतका उपसचिव सृस्तेदार राईभान कुन्जेडा ले प्रशिक्षण दिनुभएको थियो।

तालिममा सहभागीहरूलाई वैकल्पिक विवाद समाधान विधि, मेलमिलाप प्रक्रियाको कानुनी आधार, व्यवहारिक अभ्यास, सहमति र संवाद प्रविधिका विषयमा विस्तृत रूपमा जानकारी दिइएको थियो।

कार्यक्रममा वडा तहका मेलमिलापकर्ता, न्यायिक समिति सदस्य, महिला अगुवा, स्थानीय सरोकारवालालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिमको समापनमा बोल्दै नगर प्रमुख राजेन्द्र बहादुर कुँवर ले मेलमिलाप प्रक्रियालाई समुदायमैत्री न्यायको विकल्पको रूपमा लिने समय आएको बताउँदै यस्ता तालिमले समाजमा शान्ति र सहिष्णुताको संस्कार बसाल्न सघाउने धारणा राख्नुभयो। नगर प्रमुख कुँवरले समापन कार्यक्रममा बोल्दै मेलमिलाप एक सजिलो, सुलभ र सस्तो न्यायिक विकल्प भएको उल्लेख गर्दै भन्नुभयो, “समाजमा द्वन्द्व बढ्नुको मुख्य कारण संवादको अभाव हो। मेलमिलापमार्फत संवादको संस्कृतिलाई मजबुत बनाउँदै सामाजिक एकता कायम गर्न सकिन्छ।”

नगर उपप्रमुख शिब बहादुर कुँवर ले तालिमले न्यायिक समितिको कार्यक्षमता अभिवृद्धि गर्ने र मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक र  ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिकेका सीप र ज्ञानलाई समुदायमा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।

तालिमले मेलमिलापमार्फत समाजमा संवाद, सहमति र सहकार्यको संस्कार प्रवर्द्धन गर्दै स्थानीय तहमा सस्तो, सहज र छिटो न्याय प्रवाहमा सघाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया