Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

सुदूरपश्चिम प्रदेश सरकारले अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालको पूर्ण स्वामित्व ग्रहणको प्रक्रियालाई औपचारिकता दिएको छ। २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्णरूपमा प्रदेश सरकारको मातहतबाट सञ्चालनमा आउनेछ।

आज सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा  अस्पतालको स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा न्याय हेल्थ नेपालका तर्फबाट कुन्दन दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हस्ताक्षर गरेका हुन्।

विगत एक दशकभन्दा बढी समयदेखि न्याय हेल्थ नेपालद्वारा  सञ्चालित बयालपाटा अस्पतालले सुदूरपश्चिमका दूरदराजका जिल्लाहरूमा निशुल्क, गुणस्तरीय र अत्यावश्यक स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ। तर, अब प्रदेश सरकार आफैंले संस्थागत रूपमा जिम्मेवारी लिन थालेसँगै यो अस्पतालको आगामी यात्राले नयाँ मोड लिएको छ।

सम्झौता हस्ताक्षर भैसकेपछी सामाजिक विकास मन्त्री मेघराज खड्काले भने, “अब बयालपाटा अस्पताललाई संस्थागत, उत्तरदायी र पारदर्शी ढंगले सञ्चालन गर्न प्रदेश सरकार प्रतिवद्ध छ। हामी प्रदेशसभामा आवश्यक गठन आदेश पेश गरेर पारित गर्नेछौं, त्यसपछि भदौ १ देखि अस्पतालको सम्पूर्ण सञ्चालन अधिकार प्रदेश सरकारले ग्रहण गर्नेछ।”

उनले थपे, “यो केवल प्रशासनिक हस्तान्तरण होइन, प्रदेश सरकारको स्वास्थ्य प्रणाली बलियो बनाउने दिशामा ऐतिहासिक कदम हो। सुदूरपश्चिमका नागरिकको स्वास्थ्यमा अब राज्यले प्रत्यक्ष जिम्मेवारी लिने समय आएको छ।”

प्रदेश सरकारले बयालपाटा अस्पतालको स्वामित्व ग्रहणसँगै त्यसको पूर्वाधार, जनशक्ति, सेवा गुणस्तर र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट रूपले नीतिगत संरचनामा बाँध्ने तयारी गरेको छ। मन्त्री खड्काले त्यसको लागि आवश्यक मानव स्रोत, सेवा निरन्तरता, तथा स्थानीय समन्वयलाई प्राथमिकतामा राखिने बताए।

अब भदौ १ गतेदेखि बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा विधिवत् सञ्चालनमा आउँदा—यो संक्रमण केवल एक संस्थागत पुनर्संरचना मात्र नभई, ग्रामीण स्वास्थ्य पहुँचको दिगो र समावेशी यात्रातर्फको बलियो पाइलाको रूपमा हेरिएको छ। यससँगै बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेशको स्वास्थ्य प्रणालीभित्र एक सशक्त, स्थायी र जवाफदेही संरचनाका रूपमा उदाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया