Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २४ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

अछाम जिल्लामा आफूलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सुदूरपश्चिम प्रदेश इञ्चार्ज भन्दै स्थानीय युवतीहरूलाई जागिर लगाइदिन्छु भनी भ्रममा पारेर गाउँ-गाउँमा तथ्यांक संकलन गर्दै आएको एक शंकास्पद समूह फेला परेको छ। स्रोतका अनुसार, दुई जना किशोरीलाई कर्मचारीका रूपमा प्रयोग गरेर उनीहरूले स्थानीय तहको अनुमति बिना विभिन्न गाउँहरूमा तथ्य संकलन गर्ने, व्यक्तिगत विवरण लिने, र गाउँपालिका तथा वडास्तरीय कार्यालयहरूमा समेत भ्रमण गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।

यस्तो शंकास्पद गतिविधिको जानकारी पाएपछि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय अछामका डिएसपीलाई फोन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो। नगर प्रमुख कुँवरका अनुसार यस्तो कार्यले समाजमा भ्रम फैलाउने, व्यक्तिगत गोपनीयता हनन गर्ने र सुरक्षा संवेदनशीलता बढाउने खतरा भएकोले स्थानीय तहसँग समन्वयविना हुने यस्ता कार्यलाई तत्काल रोक्नुपर्ने आवश्यकता देखिएको हो।

सूचनाको आधारमा प्रहरीलाई खबर गरिएपछि बान्निगढी जयगढ गाउँपालिका–५ स्थित जयगढ बजारमा उक्त समूहले प्रयोग गरेको गाडी फेला पारिएको छ। गाडी र चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको अछाम प्रहरी स्रोतले जनाएको छ। तर, गाडीमा सवार अन्य तीन जना शंकास्पद व्यक्ति भने घटनास्थलबाट फरार भएका छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

स्थानीयवासीहरूका अनुसार ती किशोरीहरूलाई जागिरको आश्वासन दिएर प्रयोग गरिएको थियो, जसले मानव तस्करी, ठगी वा अवैध तथ्यांक संकलनजस्ता आपराधिक गतिविधिको आशंका बढाएको छ। हालसम्म घटनामा संलग्न व्यक्तिहरूसँग कुनै सरकारी वा अन्तर्राष्ट्रिय संस्था (जसअनुसार UNDP) को आधिकारिक परिचयपत्र वा अनुमति सम्बन्धी कागजात फेला परेको छैन।

प्रतिक्रिया