Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

अछाम जिल्लामा आफूलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सुदूरपश्चिम प्रदेश इञ्चार्ज भन्दै स्थानीय युवतीहरूलाई जागिर लगाइदिन्छु भनी भ्रममा पारेर गाउँ-गाउँमा तथ्यांक संकलन गर्दै आएको एक शंकास्पद समूह फेला परेको छ। स्रोतका अनुसार, दुई जना किशोरीलाई कर्मचारीका रूपमा प्रयोग गरेर उनीहरूले स्थानीय तहको अनुमति बिना विभिन्न गाउँहरूमा तथ्य संकलन गर्ने, व्यक्तिगत विवरण लिने, र गाउँपालिका तथा वडास्तरीय कार्यालयहरूमा समेत भ्रमण गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।

यस्तो शंकास्पद गतिविधिको जानकारी पाएपछि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय अछामका डिएसपीलाई फोन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो। नगर प्रमुख कुँवरका अनुसार यस्तो कार्यले समाजमा भ्रम फैलाउने, व्यक्तिगत गोपनीयता हनन गर्ने र सुरक्षा संवेदनशीलता बढाउने खतरा भएकोले स्थानीय तहसँग समन्वयविना हुने यस्ता कार्यलाई तत्काल रोक्नुपर्ने आवश्यकता देखिएको हो।

सूचनाको आधारमा प्रहरीलाई खबर गरिएपछि बान्निगढी जयगढ गाउँपालिका–५ स्थित जयगढ बजारमा उक्त समूहले प्रयोग गरेको गाडी फेला पारिएको छ। गाडी र चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको अछाम प्रहरी स्रोतले जनाएको छ। तर, गाडीमा सवार अन्य तीन जना शंकास्पद व्यक्ति भने घटनास्थलबाट फरार भएका छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

स्थानीयवासीहरूका अनुसार ती किशोरीहरूलाई जागिरको आश्वासन दिएर प्रयोग गरिएको थियो, जसले मानव तस्करी, ठगी वा अवैध तथ्यांक संकलनजस्ता आपराधिक गतिविधिको आशंका बढाएको छ। हालसम्म घटनामा संलग्न व्यक्तिहरूसँग कुनै सरकारी वा अन्तर्राष्ट्रिय संस्था (जसअनुसार UNDP) को आधिकारिक परिचयपत्र वा अनुमति सम्बन्धी कागजात फेला परेको छैन।

प्रतिक्रिया