Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेको साँफेबगर नगरपालिकामा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ। नगरपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा नगरसभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता कृषि शाखा प्रमुख हिरा सार्किले गर्नुभयो भने, स्वागत मन्तव्य पशु सेवा शाखा प्रमुख पदम थापाले दिनुभयो। कार्यक्रमको सञ्चालन कृषि शाखाका सुरेन्द्र कुँवरले गर्नुभएको थियो। कार्यक्रममा कृषक सुचिकरणको महत्वबारे विस्तृत जानकारी कृषि अधिकृत तुलसी थापाले प्रस्तुत गर्नुभएको थियो । उहाँले कृषक सुचिकरणमार्फत किसानको पहिचान, सेवा उपलब्धता, योजना पहुँच र पारदर्शिताको सुनिश्चितता हुने कुरा स्पष्ट पार्नुभएको थियो ।

उक्त कार्यक्रममा साँफेबगर नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरू, १४ वटै वडाका  सहजकर्ताहरू तथा नगरपालिकाका सबै शाखा प्रमुखहरूको पूर्ण सहभागिता रहेको थियो। सहभागीहरूबीच सुचिकरण प्रक्रियाबारे गहिरो छलफल र अनुभव आदानप्रदान भएको थियो।

प्रमुख अतिथि नगर प्रमुख कुँवरले कृषिमा आधारित जीवनशैलीलाई प्रवर्द्धन गर्दै स्थानीय कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "कृषक सुचिकरण नगरपालिकाको योजनाको मेरुदण्ड हो। यसले हामीलाई योजनाहरूको यथार्थ अवस्थाको मूल्याङ्कन र प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउँछ।" प्रमुख अतिथि कुँवरले कृषकमैत्री योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुचिकरण अपरिहार्य भएको बताउँदै भन्नुभयो, “हामी योजनालाई कागजमा मात्र सीमित होइन, व्यवहारमा उतार्न चाहन्छौं। त्यसका लागि यस्ता अभिमुखिकरण कार्यक्रम प्रभावकारी माध्यम हुन्।”

कार्यक्रममा सहभागी वडा अध्यक्षहरू तथा शाखा प्रमुखहरूले कृषकको सहजीकरण, सुचिकरण फारम भर्न सहजीकरण गर्ने तरिका, डिजिटल अभिलेख प्रणाली लगायतका विषयमा जिज्ञासा राखेका थिए।

कृषिमा आत्मनिर्भरता र पारदर्शिता कायम गर्न यो कार्यक्रम नगरपालिकाले अघि सारेको योजनाको महत्वपूर्ण पाटो भएको सहभागीहरूको धारणा थियो।

प्रतिक्रिया