Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण

दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण

नयाँ सहर आयोजनाले साँफेबगर नगरपालिकालाई खेलकुद मैदान हस्तान्तरण गरेको छ । नयाँ सहर आयोजनाद्धारा दश करोड लागतमा निमार्ण गरिएको नगर खेलकुद मैदान आज औपचारिक रुपमा साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

खेलकुद मैदान निमार्णको तेस्रो चरणकाको काम समयमै सम्पन्न गरी नयाँ सहर आयोजनाका प्रमुख मनोज कुमार यादवले नगर प्रमुख राजेन्द्रबहादुर कुँवरलाई हस्तान्तरण गरेका हुन् । तेस्रो चरणको निमार्णको काम भावना उपहार जेभीले पाएको थियो । तेस्रो चरणको काम भ्याट बोहक दुई करोड ३५ लाख ४ हजारमा सम्पन्न भएको भावना उपहार जेभीका प्रतिनिधि गौतम कुँवरले जानकारी दिए । २०८२ असारमा सक्ने गरी २०८१ चैत १५ गते सम्झौता भएको र सम्झौता अनुसार काम समयमै सम्पन्न गरेको भावना उपहार जेभीका प्रतिनिधि कुँवरले बताए । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पुर्व जिविस सभापति भरत कुमार स्वाँरले निमार्ण व्यवसायीहरुले गरेको ढिलासुस्तीका समाचार धेरै आउने गरेको भन्दै यसरी समयमै काम सम्पन्न गरेकोमा निमार्ण कम्पनीलाई धन्यवाद दिए । उनले खेलकुदको क्षेत्रमा ठुलो पुर्वाधार खडा भएको भन्दै खेलकुदका गतिविधिहरु निरन्तर संचालन गरी भरपुर उपयोग गर्न सुझाब दिए । पुर्व जिविस सभापति स्वाँरले खेलकुदको क्षेत्रमा नगरपालिकाकालाई उत्कृष्ट बनाउन र दक्ष खेलाडी उत्पादन गर्न सुझाब दिए ।

नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले पुर्वाधार निमार्ण सम्पन्न भएकोमा खुशी व्यक्ति गर्दे यसको संरक्षण अबको चुनौती रहेको बताए । नगर प्रमुख कुँवरले राज्यको सम्पत्ति संरक्षण गर्ने प्रमुख जिम्मेवारी स्थानीय नागरिकको रहेको भन्दै यसको थप संरक्षणका लागी नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले भने,खेलकुदको पुर्वाधार त बन्यो अब पछिसम्म यस्तै रहन्छ कि रहदैन भन्ने चिन्ता छ अब ,सार्वजनिक सम्पत्ति रेखदेख गर्ने मुख्य दायित्व नागरिकको पनि हो,अधिकारसगंसगै कर्तव्य पनि बोध गर्न आवश्यक छ,राज्यको सम्पत्ति पनि मेरै हो भन्ने भावना हुनुपर्छ ।’ कार्यक्रममा पुर्व वडा अध्यक्ष अम्मरबहादुर शाहले सुरुमा निमार्णको जिम्मा पाएका ठेकेदारहरुले गुणस्तरिय काम नगरेको भन्दै सम्बन्धीत कार्यालयलाई जानकारी गराएका थिए । उनले खेलकुद मैदान संरक्षणको सम्पर्ण जिम्मेवारी सबै मिलेर लिनुपर्नेमा जोड दिए ।

साँफेबगर नगरपालिका १ का वडा अध्यक्ष नन्दबहादुर ठकुल्लाले खेलकुद मैदान र वडा कार्यालय खोलाको जोखिममा रहेको भन्दै यसको लागी बृहत तटबन्धनको आवश्यकता रहेको बताए । उनले बनेका पुर्वाधारहरु जोगाउन तटबन्धन आवश्यक रहेको भन्दै सम्बनधी निकायलाई पहल गरिदिन आग्रह गरे । समयमै काम सम्पन्न गरेकोमा भावना उपहार जेभीलाई सम्मानपत्र समेत प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व जिविस सभापति भरत कुमार स्वाँरले निमार्ण कम्पनीका प्रतिनिधि गौतम कुँवरलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
खेलकुद मैदान निमार्णमा चार वटा निमार्ण कम्पनीहरुले काम गरेका थिए । लाङटाङ कन्ट्रक्सन,खड्का सन् स्वाँर जेभी,जनसेवा कन्ट्रक्सन र भावना उपहार जेभीले खेलकुद मैदानको पहिलो, दोस्रो र तेस्रो चरणको निमार्णको जिम्मा पाएका सुचना अधिकारी महेश उपाध्यायले जानकारी दिए । साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा निर्मित खेलकुद मैदानमा शौचालय सहितको चमेना गृह,खानेपानीको पुर्वाधार,फुटबल तथा भलिबल,बास्केट बल कोर्ट लगायतका पुर्वाधार निमार्ण गरिएको छ ।

प्रतिक्रिया