Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण

एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचन सन् २०२५ जुलाई २६ मा हुँदैछ। यसै सन्दर्भमा तास्मानियामा सक्रिय सामाजिक अगुवा खेम कुँवरले एनआरएनए तास्मानिया (NRNA-TAS) को राज्य समन्वय समिति (SCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

तास्मानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायप्रति सादर अभिवादन गर्दै कुँवरले आफू एनआरएनएको उद्देश्य र सिद्धान्तप्रति प्रतिवद्ध रहँदै, विगतमा सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिने र आगामी दिनमा थप प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार, तास्मानियाको नेपाली समुदाय विविधताले भरिएको छ र यिनै विविधतालाई आत्मसात गर्दै एकता, समावेशिता र सहकार्यमा आधारित संगठन निर्माण गर्नु अहिलेको आवश्यकता हो।

राष्ट्रिय प्रतिबद्धता अन्तर्गत कुँवरले प्रवासी लगानी, उद्यमशीलता प्रवर्द्धन, राज्य तथा संघीय सरकारसँग सहकार्य, दोस्रो पुस्ताको सहभागिता, एनआरएनए व्यापार सञ्जाल सुदृढीकरण, स्टार्टअप र व्यवसाय इन्क्युबेसन कार्यक्रम, नीतिगत वकालत, तथा परोपकारी परियोजनालाई संस्थागत रूपले सञ्चालन गरिने उल्लेख गरेका छन्।

तास्मानियास्थित प्रतिबद्धता मा नयाँ आप्रवासीहरूलाई आवश्यक जानकारी तथा सेवा सुविधा सुनिश्चित गर्ने, युवाहरू र महिलालाई नेतृत्व तथा सीप विकासका अवसर दिनेसँगै, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता पनि उनले जनाएका छन्।

संगठनमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता कुँवरको अभियानको केन्द्रमा रहनेछ। साथै, एनआरएनए सञ्जाल, स्थानीय निकाय र संस्थागत साझेदारीमार्फत समुदायको आवश्यकता र हितमा केन्द्रित कार्य अघि बढाइने उनको भनाइ छ।

खेम कुँवरले आफूलाई उम्मेदवार बनाउनु कुनै व्यक्तिगत आकांक्षा नभई, सम्पूर्ण तास्मानिया निवासी नेपाली समुदायको प्रतिनिधित्व गर्ने जिम्मेवारीका रूपमा लिएको स्पष्ट पारेका छन्। उनले समुदायको विश्वास, सुझाव र सहयोगलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा पनि गरेका छन्।

उनको उम्मेदवारीसँगै तास्मानियाको एनआरएनए अभियानमा नयाँ ऊर्जा थपिएको महसुस गरिएको छ। उम्मेदवारी घोषणापछि नेपाली समुदायभित्र सकारात्मक प्रतिक्रिया देखा परिरहेको छ।

प्रतिक्रिया