Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण

एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचन सन् २०२५ जुलाई २६ मा हुँदैछ। यसै सन्दर्भमा तास्मानियामा सक्रिय सामाजिक अगुवा खेम कुँवरले एनआरएनए तास्मानिया (NRNA-TAS) को राज्य समन्वय समिति (SCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

तास्मानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायप्रति सादर अभिवादन गर्दै कुँवरले आफू एनआरएनएको उद्देश्य र सिद्धान्तप्रति प्रतिवद्ध रहँदै, विगतमा सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिने र आगामी दिनमा थप प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार, तास्मानियाको नेपाली समुदाय विविधताले भरिएको छ र यिनै विविधतालाई आत्मसात गर्दै एकता, समावेशिता र सहकार्यमा आधारित संगठन निर्माण गर्नु अहिलेको आवश्यकता हो।

राष्ट्रिय प्रतिबद्धता अन्तर्गत कुँवरले प्रवासी लगानी, उद्यमशीलता प्रवर्द्धन, राज्य तथा संघीय सरकारसँग सहकार्य, दोस्रो पुस्ताको सहभागिता, एनआरएनए व्यापार सञ्जाल सुदृढीकरण, स्टार्टअप र व्यवसाय इन्क्युबेसन कार्यक्रम, नीतिगत वकालत, तथा परोपकारी परियोजनालाई संस्थागत रूपले सञ्चालन गरिने उल्लेख गरेका छन्।

तास्मानियास्थित प्रतिबद्धता मा नयाँ आप्रवासीहरूलाई आवश्यक जानकारी तथा सेवा सुविधा सुनिश्चित गर्ने, युवाहरू र महिलालाई नेतृत्व तथा सीप विकासका अवसर दिनेसँगै, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता पनि उनले जनाएका छन्।

संगठनमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता कुँवरको अभियानको केन्द्रमा रहनेछ। साथै, एनआरएनए सञ्जाल, स्थानीय निकाय र संस्थागत साझेदारीमार्फत समुदायको आवश्यकता र हितमा केन्द्रित कार्य अघि बढाइने उनको भनाइ छ।

खेम कुँवरले आफूलाई उम्मेदवार बनाउनु कुनै व्यक्तिगत आकांक्षा नभई, सम्पूर्ण तास्मानिया निवासी नेपाली समुदायको प्रतिनिधित्व गर्ने जिम्मेवारीका रूपमा लिएको स्पष्ट पारेका छन्। उनले समुदायको विश्वास, सुझाव र सहयोगलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा पनि गरेका छन्।

उनको उम्मेदवारीसँगै तास्मानियाको एनआरएनए अभियानमा नयाँ ऊर्जा थपिएको महसुस गरिएको छ। उम्मेदवारी घोषणापछि नेपाली समुदायभित्र सकारात्मक प्रतिक्रिया देखा परिरहेको छ।

प्रतिक्रिया