Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

संयुक्त अरब इमिरेट्स (युएई) मा क्रियाशील अछामी सम्पर्क समितिको प्रथम महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकाल (२०२५–२०२७) का लागि नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अछाम जिल्लाबाट वैदेशिक रोजगार र व्यवसायका लागि युएईमा रहेका नेपालीहरूको साझा एकता र पहिचान मजबुत बनाउने उद्देश्यसहित स्थापना गरिएको यस समितिले अब औपचारिक संरचना तयार गर्दै नयाँ नेतृत्व पाएको हो।

संस्थापकको रूपमा श्री मिट्ठु कुँवर रहनुभएको समितिमा संरक्षकमा शिवराज तिमिल्सैना चयन हुनुभयो। प्रमुख सल्लाहकारमा गणेश राज जोशी रहनु भएको छ भने सल्लाहकारहरूको टोलीमा भरत ओली, राजेश्वरी शाही ठकुरी, निर्प बिक, अशोक बोगटी, रमेश धामी र राजु बिष्ट रहेका छन्।

महाधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर बोगटी (भीम) सर्वसम्मत रूपमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र खड्का, महिला उपाध्यक्षमा राजेश्वरी बिक, र उपाध्यक्षमा बमबहादुर कुँवर निर्वाचित हुनुभएको छ। महासचिवको जिम्मेवारी विनोद लुहारले पाउनुभएको छ भने सचिवमा रविन थापा र सह-सचिवमा पूर्णिमा बोगटी चयन हुनुभएको छ। यस्तै, कोषाध्यक्षमा नैन भूल र सह-कोषाध्यक्षमा मेनका खड्का चयन भएका छन्।

समितिका सदस्यहरूमा चन्द्र भण्डारी, पबित्रा तिखातरी, हिमाल खड्का, निर्प रेग्मी, कृष्ण खड्का, जितेन्द्र कुँवर र धनबहादुर खड्का रहनु भएको छ। महाधिवेशनमा प्रवासी अछामी समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रमका वक्ताहरूले प्रवासमा रहँदा पनि आ–आफ्नो जिल्लाप्रतिको माया, सामाजिक उत्तरदायित्व र एकताको भावना अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए। नवगठित कार्यसमितिले प्रवासी अछामीहरूको हक, हित, समस्या समाधान तथा सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रियरूपमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सदस्यहरूबीच आपसी विश्वास, सहकार्य र सम्मानका आधारमा समिति अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिएको छ। यो समितिको गठनले युएईस्थित अछामीहरूको सामाजिक सहभागिता र पहिचान अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया