Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्राकृतिक सम्पदा तथा धार्मिक महत्वले प्रख्यात खप्तड राष्ट्रिय निकुञ्जको कोर इलाकामा अवस्थित खाप्पर दहमा यस वर्षको “खाप्पर दह मेला–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने यो मेलामा बझाङ, बाजुरा तथा आसपासका जिल्लाका स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहने गर्दछ।

यस वर्षको मेला मिति २०८२ साउन २३ र २४ गते दुई दिनसम्म आयोजना गरिएको थियो। मेलामा बझाङ, बाजुरा लगायत अन्य विभिन्न जिल्लाबाट करिब ३५५ जना श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। भक्तजनहरूले खाप्पर दहमा स्नान, पूजाआजा तथा धार्मिक विधि सम्पन्न गरेका थिए।

मेलाको क्रममा श्री समरजीत गुल्म, खप्तड व्यारेक, बाजुराबाट विशेष पहलका साथ पूजाआजा हुनुभन्दा अघिल्लो दिन र पूजापश्चात् पूजास्थलको सरसफाइ गरिएको थियो। भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी गुल्मले मेला अवधिभर स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको थियो, जसबाट महिला ६५ जना र पुरुष ७३ जना गरी जम्मा १३८ जनाले निःशुल्क स्वास्थ्य लाभ लिएका थिए।

मेलाबारे जानकारी दिंदै समरजीत गुल्म खप्तड व्यारेक बाजुराका गुल्मपती अनुपम अर्यालले खाप्पर दह धार्मिक मात्र नभई प्राकृतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण स्थल र  त्यसको संरक्षण, सरसफाइ र भक्तजनहरूको स्वास्थ्य सुरक्षामा आफुहरुको दायित्व रहने बताए । यस वर्ष पनि समरजीत गुल्म खप्तड व्यारेक बाजुराले पूजाआजाको अघिपछि सरसफाइ गर्दै सैनिक र नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको गुल्मपती अनुपम अर्यालले बताए । आगामी वर्षहरूमा पनि यस किसिमका सामाजिक तथा धार्मिक क्रियाकलापमा समरजीत गुल्म खप्तड व्यारेक बाजुराको सक्रियता यथावत् रहने गुल्मपती अनुपम अर्यालको भनाई थियो ।

मेलाले न केवल धार्मिक आस्था प्रवर्द्धन गरेको छ, यसले सामुदायिक एकता, स्वास्थ्य सचेतना र वातावरणीय संरक्षणको सन्देश पनि दिएको छ।

 

प्रतिक्रिया