Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारासहित खप्तड राष्ट्रिय निकुञ्जभित्रको पर्यटकीय क्षेत्र सफा गर्ने उद्देश्यले श्री समरजीत गुल्म, खप्तड व्यारेक, बाजुराले आज बिहान वृहत सरसफाई अभियान सम्पन्न गरेको छ।

मिति २०८१ साउन २५ गते बिहान ७:३० बजेदेखि १०:४५ बजेसम्म सञ्चालन भएको उक्त अभियानमा गुल्मपति श्री अनुपम अर्यालको नेतृत्वमा निकुञ्ज प्रशासनका प्रतिनिधि, सैनिक टोली तथा स्थानीय जनताको संयुक्त सहभागिता रहेको थियो। सरसफाई टोलीले त्रिवेणी सितापाईला, छिन्चेढुङ्गा, नाटेश्वरी, खाप्परदह, पुलपुला पाटन, घोडादाउन्ना, बाबाश्रम, बिचपानी, लोखडा, भास्कुन, झिग्राना लगायतका पर्यटकीय स्थलहरूमा रहेका फोहोरमैला संकलन गरेका थिए।

अभियानमार्फत करिब १४४.५ के.जी. फोहोरमैला संकलन गरी उचित व्यवस्थापन गरिएको गुल्मपती अर्यालले जानकारी दिए। उनका अनुसार खप्तड क्षेत्रको प्राकृतिक सौन्दर्य र धार्मिक महत्व जोगाउन नियमित सरसफाई, जसका लागि सैनिक–नागरिक सहकार्य अत्यन्तै प्रभावकारी हुने देखिएको छ।
खप्तड क्षेत्र केवल प्राकृतिक सम्पदा मात्र नभएर धार्मिक आस्थाको केन्द्र पनि भएकोले यसलाई स्वच्छ, सुरक्षित र आकर्षक राख्नु सबैको सामूहिक जिम्मेवारी रहेको समरजीत गुल्म खप्तड व्यारेक बाजुराका गुल्मपती अनुपम अर्यालले बताए  यस अभियानले पर्यटकीय क्षेत्रको सौन्दर्य जोगाउनुका साथै स्थानीयमा सरसफाईप्रति चेतना जगाउने कार्य गरेको  गुल्मपती अर्यालको भनाई छ । 

उक्त सरसफाई कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सैनिक टोलीको अग्रसरतालाई सराहना गर्दै यस्तो अभियानलाई निरन्तर गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया