Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारासहित खप्तड राष्ट्रिय निकुञ्जभित्रको पर्यटकीय क्षेत्र सफा गर्ने उद्देश्यले श्री समरजीत गुल्म, खप्तड व्यारेक, बाजुराले आज बिहान वृहत सरसफाई अभियान सम्पन्न गरेको छ।

मिति २०८१ साउन २५ गते बिहान ७:३० बजेदेखि १०:४५ बजेसम्म सञ्चालन भएको उक्त अभियानमा गुल्मपति श्री अनुपम अर्यालको नेतृत्वमा निकुञ्ज प्रशासनका प्रतिनिधि, सैनिक टोली तथा स्थानीय जनताको संयुक्त सहभागिता रहेको थियो। सरसफाई टोलीले त्रिवेणी सितापाईला, छिन्चेढुङ्गा, नाटेश्वरी, खाप्परदह, पुलपुला पाटन, घोडादाउन्ना, बाबाश्रम, बिचपानी, लोखडा, भास्कुन, झिग्राना लगायतका पर्यटकीय स्थलहरूमा रहेका फोहोरमैला संकलन गरेका थिए।

अभियानमार्फत करिब १४४.५ के.जी. फोहोरमैला संकलन गरी उचित व्यवस्थापन गरिएको गुल्मपती अर्यालले जानकारी दिए। उनका अनुसार खप्तड क्षेत्रको प्राकृतिक सौन्दर्य र धार्मिक महत्व जोगाउन नियमित सरसफाई, जसका लागि सैनिक–नागरिक सहकार्य अत्यन्तै प्रभावकारी हुने देखिएको छ।
खप्तड क्षेत्र केवल प्राकृतिक सम्पदा मात्र नभएर धार्मिक आस्थाको केन्द्र पनि भएकोले यसलाई स्वच्छ, सुरक्षित र आकर्षक राख्नु सबैको सामूहिक जिम्मेवारी रहेको समरजीत गुल्म खप्तड व्यारेक बाजुराका गुल्मपती अनुपम अर्यालले बताए  यस अभियानले पर्यटकीय क्षेत्रको सौन्दर्य जोगाउनुका साथै स्थानीयमा सरसफाईप्रति चेतना जगाउने कार्य गरेको  गुल्मपती अर्यालको भनाई छ । 

उक्त सरसफाई कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सैनिक टोलीको अग्रसरतालाई सराहना गर्दै यस्तो अभियानलाई निरन्तर गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया