Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०५ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

 

अछाम जिल्लाको साँफेबगरवासीका लागि लामो समयदेखिको ठूलो सपना अब साकार हुँदैछ। गृह मन्त्रालयले हालै प्रस्तुत गरेको प्रस्ताव अनुसार साँफेबगरमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। यो निर्णय केवल मन्त्रालयस्तरको पहल मात्र होइन, स्थानीय स्तरमा निरन्तर दबाब र नेतृत्वको परिणाम पनि हो। यस अभियानमा साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवरको सक्रियता र लामो समयदेखिको अथक प्रयास प्रमुख रहेको छ।

नागरिकतादेखि पासपोर्टसम्म– स्थानीयलाई राहत

साँफेबगर, चौरपाटी, मेल्लेख र बान्नीगढी जयगढका नागरिकले अब नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता आधारभूत प्रशासनिक सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता घट्नेछ। मेयर कुँवरका अनुसार हालसम्म सोकट वा खप्तडतिरका गाउँबाट नागरिकता बनाउन मात्र पनि स्थानीयलाई दैनिक ४–५ हजार रुपैयाँसम्म खर्च गर्नुपरेको थियो।
“साँफेबगरमा कार्यालय खुल्दा त्यस्तो आर्थिक भार आधा जति कम हुनेछ। यससँगै समय पनि उल्लेख्य बचत हुनेछ,” मेयर कुँवरले बताए।

मेयर कुँवरको नेतृत्वमा निरन्तर पहल

सदरमुकाम मंगलसेनबाट टाढा रहेका गाउँहरूमा प्रशासनिक पहुँच कठिन रहेको कुरा लामो समयदेखि उठ्दै आएको थियो। तर यो मागलाई निरन्तर र योजनाबद्ध रूपमा सरकारी तहसम्म पुर्‍याउने काममा मेयर कुँवर अगाडि रहे।
उनले गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म तथ्यांक, स्थानीयको समस्या र व्यावहारिक कठिनाइ प्रस्तुत गर्दै आएका थिए। स्थानीयको आवाजलाई राष्ट्रिय एजेन्डामा रूपान्तरण गर्ने क्रममा उनले गरेको पहल नै अन्ततः सफल भएको नगरवासीहरू बताउँछन्।

ऐतिहासिक निर्णय

यो निर्णयलाई मेयर कुँवरले मात्र होइन, जिल्लाभरका जनप्रतिनिधि र नागरिकले पनि ऐतिहासिक कदमको रुपमा लिएका छन्। संघीयताको मर्मअनुसार गाउँ–गाउँमै सेवा पुग्नुपर्ने अवस्थालाई साँफेबगरमा कार्यालय स्थापनाले ठोस रूपमा पुष्टि गर्नेछ।
“यो निर्णय केवल प्रशासनिक सेवा नजिक्याउने मात्र होइन, संघीय शासन प्रणालीलाई व्यवहारमा उतार्ने ऐतिहासिक कदम हो,” मेयर कुँवरको भनाइ छ।

प्रदेश र छिमेकी जिल्लासम्म प्रभाव

साँफेबगरको यो उपलब्धि केवल नगरभित्र सीमित छैन। छिमेकी पालिकाका नागरिकले समेत प्रत्यक्ष सुविधा पाउनेछन्। त्यस्तै, डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले पनि आफ्नो क्षेत्रमा दश वर्षदेखि उठाउँदै आएको मागलाई अहिले सरकारले गम्भीरतापूर्वक सुनेको भन्दै खुशी व्यक्त गरे। साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने निर्णयलाई केवल गृह मन्त्रालयको पहल भनेर सीमित गर्न सकिँदैन। यसको पछाडि नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको नेतृत्व, निरन्तर पहल र स्थानीयको पक्षमा बोलीरहन सक्ने क्षमताले नै निर्णायक भूमिका खेलेको हो। अब सरकारको जिम्मेवारी यो निर्णयलाई चाँडै कार्यान्वयनमा ल्याएर साँफेबगरवासीलाई प्रत्यक्ष सेवा दिलाउनु हो।

 

प्रतिक्रिया