ताजा अपडेट
भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
चितवन — भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो ।
अस्पतालले निकालेको सूचनामा ती व्यक्तिमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले उल्लेख गरेको छ ।
शुक्रबारयता चितवनमा दिनहुँ संक्रमितको मृत्यु हुन थालेको छ । शुक्रबार एकैदिन तीन जना, शनिबार दुई जना, आइतबार र आज सोमबार एक एकजना गरी पछिल्लो चार दिनमा सात जनाको मृत्यु भएको छ । योसहित चितवनमा निधन हुने संक्रमितको संख्या १३ पुगेको छ ।
उपचारको क्रममा चितवनमा अहिलेसम्म १३ जना संक्रमितको ज्यान गए पनि चितवनका मात्रै योसहित ६ जना छन् । अरु चितवनबाहिर घर भई उपचारका लागि भरतपुर आएका व्यक्तिहरु हुन् । चितवनमा भदौअघि दुई जनाको मृत्यु भएको थियो ।कान्तिपुरबाट
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया