Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए

कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए

मंगलबारको आन्दोलनमा कैलालीमा अर्बौंका सरकारी संरचना ध्वस्त भएका छन् । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा जलाइएका सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् ।

सरकारी कार्यालय निसाना बनाएका प्रदर्शनकारीले धनगढीमा मात्रै मुख्यमन्त्री कार्यालय, प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, सीटीईभीटीको प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, भन्सार, यातायात लगायतका दर्जन बढी सरकारी कार्यालय छानीछानी आगो लगाएका छन् ।

प्रदर्शनका क्रममा दर्जनौं सरकारी गाडी पनि जलाइएको छ । धनगढी उपमहानगरका केही वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहका भवनमा पनि आगजनी गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णप्रसाद लम्सालले परिस्थिति अत्यन्तै बिग्रेको र सबै तहसनहस पारिएको बताए । `सबै सकिएको छ, केही बाकी छैन, अब बन्ने अन्तरिम सरकारले जे निर्देशन दिन्छ त्यहीँ गरुला,´ उनले भने । 

प्रतिक्रिया