ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
अछाम, साँफेबगर । साँफेबगर नगरपालिका–१३ बाब्लाको माथिल्लो शिउ, तल्लो शिउ र ओला क्षेत्रमा आजदेखि केन्द्रीय लाइन विद्युत सेवा सुरु भएको छ।
विद्युत सेवाको औपचारिक उद्घाटन साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले गर्नुभएको हो। कार्यक्रममा वडा कार्यालय, नगरपालिकाका प्रतिनिधिहरु तथा स्थानीयवासीहरूको उपस्थितिमा लाइन सञ्चालनमा आएको हो।
नगर प्रमुख कुँवरले विद्युत विस्तारलाई आधारभूत पूर्वाधार विकासको महत्वपूर्ण कदम भन्दै गाउँ–गाउँमा उज्यालो पुर्याउन नगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभयो।
यस अवसरमा वडा कार्यालय परिवार, नगरपालिका र विद्युत विस्तारका लागि निरन्तर साथ दिने आम बाब्लावासी जनसमुदायलाई धन्यवाद व्यक्त गरिएको छ।
विद्युत सेवा विस्तारसँगै अब स्थानीयले उज्यालोसँगै शिक्षादेखि उद्यमशीलता र दैनिक जीवनमा सहजता पाउने विश्वास लिइएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया